नेपाल मगर संघ युएईले गङ्गा लामालाई उद्दारगरी नेपाल पठायो

केहर सिंह श्रीसमगर


Image may contain: 1 person


युएई, फेब्रुअरी २८ – सिन्धुपाल्चोक बरूवा गाबीस ६ बस्ने सोम बहदुर लामाकी माईली छोरी वर्ष २२ कि गङ्गा लामालाई नेपाल मगर संघ युएईले उद्दारगरी गत २४ फेब्रुअरी शुक्रवार युएईवाट सारजा टु काठमाडौंको एअर अरबियाको हवाई जहाज मार्फत नेपाल पठाएको छ।



Image may contain: 1 person

करिव ९ महिना पहिला रोजगारीको शिलशिलामा हाउसमेड्मा दुबई आएकी गङ्गा लामा घर मालीक बाट विभिन्न किसिमका अभद्र व्यवहार भएकोले उक्त अभद्र व्यबहार सहन नसकेकोले आफूले विगत ९ महिनादेखि गर्दै आएको हाउसमेड्को कामछोडी दुबईमा अलपत्र अवस्थामा पर्नु भएको हुँदा करिब एक महिना पहिला उहाँ नेपाल मगर संघ युएईको सम्पर्कमा आउनु भएको थियो ।


No automatic alt text available.

संघकि अध्यक्ष शुशी पुलामी मगरको अध्यक्षतामा गत १० जनवरी शुक्रबार आबुधाबीको मुरूर कर्नेश पार्कमा बसेको बैठकले उहाँको अलपत्रमा अत्यन्तै सम्वेदनशिलता प्रकटगर्दै दु:ख व्याक्त गरेको थियो।



Image may contain: text

बैठकले नेपाली चेलीहरुलाई रोजगारीको निम्ति विदेश पठाउदा नेपाल सरकार र सम्बन्धित निकायलाई गम्भीर हुन विशेष आग्रह गर्दै गङ्गा लामालाई नेपाल पठाउने सम्पूर्ण कागाजात र आर्थिक श्रोत जुटाई नेपाल पठाउन संघका भुपु अध्यक्ष एवं नेपाली सङ्घिय समाज युएईका अध्यक्ष हरि बहादुर घर्ती मगरलाई जिम्मा दिएको थियो।