ढेकावरमा श्रीमदभागवत महापुराण धनधान्याञ्चल ज्ञान महायज्ञ–२०७३ हुने

Read Time:2 Minute, 21 Second

गोविन्द घर्ती


Image may contain: 2 people

देवदह, फागुन १६ – रुपन्देहीको देवदह–२, ढेकावरमा श्रीमदभागवत महापुराण धनधान्याञ्चल ज्ञान महायज्ञ–२०७३ हुने भएको छ ।

सिद्धेश्वर महादेव मन्दिर देवदह–२, ढेकावरको आयोजनामा फागुन २६ गते देखि चैत्र २ गते सम्म महायज्ञ हुने भएको हो । मन्दिर परिसरमा पत्रकार सम्मेलन गरी आयोजकले सो जानकारी दिईएको हो । सो अवसरमा बोल्दै महायज्ञ आयोजक मूल समितिका संयोजक प्रजापति सापकोटाले धर्मको नाममा भएको विकृति, विसंगति हटाई धार्मिकत्व कायम गर्ने उद्देश्यका साथ महायज्ञ आयोजना गरेको बताउनु भयो । संयोजक सापकोटाले महायज्ञबाट बचत भएको रकमले मन्दिरको व्यवस्थापन गर्ने, मन्दिर परिसरमा जेष्ठ नागरिक मिलन केन्द्र निर्माण गर्ने उद्देश्यका साथ महायज्ञ संचालन गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

Image may contain: one or more people and outdoor

महायज्ञबाट करिव १५ लाख संकलन हुने अपेक्षा लिएको र करिव ९ लाख खर्च हुने संयोजक सापकोटाले बताउनु भयो । महायज्ञमा ५ हजार प्रदान गर्नेलाई साधारण सदस्य प्रदान गर्ने, १० हजार भन्दा माथिकोलाई आजीवन सदस्य प्रदान गर्ने र एक लाख भन्दा बढि दान गर्नेलाई मन्दिरको संरक्षक बनाउने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

महायज्ञ सम्पन्न गर्न २३ वटा उपसमिति गठन गरिसकेको जानकारी गराउदै उद्घाटनको दिन कलस यात्रा गर्ने जानकारी गराईएको थियो । महायज्ञको एक कार्यक्रमका वीच धर्मगुरु व्यासचार्य किशोर गौतमबाट उद्घाटन हुने र सिद्धावावा मन्दिर दोभानका सिद्धसाधक पण्डित पुरुषोत्तम वस्यालले कथा वाचन गर्ने मूलआयोजक समितिले जनाएको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %