संजय मगर

काठमाण्डौ, फागुन १५ – नेपाल मगर संघ केन्द्रको संयोजनमा नेपाल मगर संघ काठमाण्डौ उपत्यका तथा विभिन्न भातृ संगठनहरुको आयोजनामा जारी ३५ औँ स्थापना दिवस तथा ४५ औँ चिन्डीके डुप्के कार्यक्रमको दोस्रो दिन आज भव्य रुपमा सम्पन्न भएको छ ।
काठमाण्डौको टुडिखेलमा जारी ३ दिने कार्यक्रममा मगर अन्तराष्ट्रिय मञ्चको तेस्रो स्थापना दिवस पनि संगै मनाईएको छ । हिजो देखी अनौपचारिक रुपमा सुरु भएको दिवस कार्यक्रम अन्तरगत आज नेपाल मगर संघका अध्यक्ष नविन रोका मगरको प्रमुख आतिथ्य तथा मगर संघ उपत्यका ईन्चार्ज जिवन थापा मगरको सभाध्यक्षतामा दोस्रो दिनको कार्यक्रम सम्पन्न भएको हो । नेपाल मगर महिला संघका नव निर्वाचित अध्यक्ष विनिता आलेको स्वागत मन्तव्य रहेको थियो भने नेपाल मगर संघका पुर्व अध्यक्ष क्या. याम बहादुर थापा मगरले सुभकामना मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा नेपाल मगर साँस्कृतिक संघका कलाकारहरुले डोलराज बाह्रघरे मगरको शब्द तथा संगितामा रहेको जय जय मगरात बोलको मगर राष्ट्रिय गित प्रस्तुत गरिएको थियो भने चर्चित लोक गायिका मुना थापा मगरको प्रस्तुती रहेको थियो । त्यस्तै कार्यक्रममा कौराहा नृत्य, भुमे नृत्य र हाँस्य कलाकार तथा जादुगर दिपक थापाको प्रस्तुती लगाएतका प्रस्तुतीहरु रहेको थियो । कार्यक्रममा संस्थागत लोकदोहोरी प्रतियोगिता अन्तरगत पहिलो चरणको प्रतियोगिता आज सञ्चालन गरियो ।

आज दुई प्रतियोगी समुह उपस्थित नहुँदा पहिलो चरणको प्रतियोगितामा प्रकाश समुह र निरु श्रीस समुह विजयी हुनुभएको छ । त्यस्तै आजै नमस्ते दोहोरी र गण्डकी दोहोरी साँझ एबम् सुन्धारा दोहोरी तथा नेपाल मगर संघ जिल्ला समिती काभ्रे विच प्रतियोगिता सम्पन्न भएको छ । दोहोरी प्रतियोगिताको प्रथम पुरस्कार ६० हजार रहेको छ । जसको प्रायोजन मगर्स क्रियसन कम्पनी बागबजारले गरको छ ।
कार्यक्रममा भुकम्प पिडितलाई सहयोग गरी सराहनिय काम गरेको भन्दै सम्मान गरेको छ । मगर संघ हङकङका अध्यक्ष चन्द्रज्योती आले मगर र नेपाल मगर संघ शाखा कतारका अध्यक्ष महेन्द्र थापालाई सम्मान गरिएको हो ।
त्यस्तै नेपाल मगर संघ शाखा बहराईन, नेपाल मगर संघ शाखा सिंगापुर, नेपाल मगर संघ शाखा मलेसिया , नेपाल मगर संघ शाखा युएई, मगर संघ बेलायत, नेपाल मगर संघ साउदी अरेबिया, नेपाल मगर संघ इजरायल तथा व्यक्तिगत रुपमा सहयोग गर्ने व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रम अघी खुलामञ्चमा भेला भएका मगरहरुले विभिन्न नारा लगाउँदै मगर झाँकी सहित निकालिएको र्याली खुलामञ्चबाट सुरु भई पुरानो बसपार्क, भद्रकाली सहिदगेट हुँदै कार्यक्रम स्थल टुडीखेलमा पुगी कार्यक्रमको औपचारिक रुपमा सुरुवात गरिएको थियो ।
कार्यक्रमको सञ्चालन ३ वटा भाषाबाट गरिएको थियो । जस अन्तरगत सन्जोग लाफा मगरले मगर ढुट, जिवन रोका मगरले अठार मगरात र जगत बुढा मगरले काईके भाषामा कार्यक्रम सञ्चालन गर्नुभएको थियो । त्यस्तै कार्यक्रम अन्तरगत प्रतियोगिता सञ्चालन भने विलन थापा मगर, डोलराज बाह्रघरे मगर र पदम थापा मगरले गर्नुभएको थियो ।
अन्त्य तिर कार्यक्रमलाई रोचक बनाउन म्याग्दी धौलागिरी नौमती बाजा ले राम्रो भूमिका खेलेको थियो भने बिभिन्न मगर समाजका महिलाहरु ले खानाको स्टल राखि कार्यक्रमलाई टेवा पुर्याएका थिए ।
{facebook}1200104003372459{/facebook}
फोटो: संजय सिंजाल मगर
फोटो हेर्न यस लिङ्क थिच्नुहोस् ।
काठमाण्डौ, फागुन १५ – नेपाल मगर संघ केन्द्रको संयोजनमा नेपाल मगर संघ काठमाण्डौ उपत्यका तथा विभिन्न भातृ संगठनहरुको आयोजनामा जारी ३५ औँ स्थापना दिवस तथा ४५ औँ चिन्डीके डुप्के कार्यक्रमको दोस्रो दिन आज भव्य रुपमा सम्पन्न भएको छ ।
