जनमुक्ति मञ्च हंगकंगमा एम.बि. थापा

Read Time:2 Minute, 21 Second

देव पचभैया


Image may contain: 12 people, people sitting and indoor

काठमाण्डौ, फागुन १६ – राष्ट्रिय जनमुक्ति पार्टीको भातृ सस्था जनमुक्ति मञ्च हंगकंगको दोस्रो अधिवेसन सम्पन्न भएको छ । 

 नेपाली समाज हंगकंगको ब्यानरमा हंगकंग स्थित नयां पेज डट्कमको कार्यालयमा एम.बि थापाको अध्यक्षतामा सस्थाका महासचिब भिम थापा मगरको संचालनमा कार्यक्रम भएको हो ।

राष्ट्रिय जनमुक्ति पार्टीलाई बर्तमान संघीय परिषद सदस्य हुम थापाले २०५१ सालमा हंगकंगमा भित्राएका थिए भने २०५४ सालमा जनजाति पार्टीको नामबाट जनमुक्ति पार्टीलाई हङकङ सरकारमा दर्ता गराएका थिए । पछि स्वर्गिय पुर्व मन्त्री गोरे बहादुर खपाङ्गी मगर २०६१ सालमा हङकङ जादा नेपाली समाज हङकङ नामाकरण गरी हेमराज थापा मगरको अध्यक्षतामा पार्टी स्थापना गरिएको थियो ।

अधिवेसनले संघीय परिषदका सदस्य एम.बि. दर्लामी थापा मगरको अध्यक्षतामा २१ सदसीय समिति चयन गरेको छ ।
 
सह अध्यक्षमा दल बहादुर चोचांगी, महासचिबमा भिम बहादुर थापा मगर,सह सचिबमा बिनोद सूनारी, कोषाध्यक्षमा गणेश जंग राना र सहकोषाध्यक्षमा भबिस लामा धिसिंग निर्बाचित हुनु भएको हङकङबाट नवनिर्वाचित महासचिब भिम थापाले जानकारी दिनुभयो ।

थापाका अनुसार सदस्यहरुमा कबिता थापा सिंजाली मगर, बुद्धिबल पुन, निशान पुन, दल चोचांगी पुन, एक बिर थापा, सूमन  पुन, शेर बहादुर गलामी, हेम राना, दिल राना, अञ्जु थापा, नरेन्द्र थापा, कमल कुमार थापा, देबी शाही, लक्ष्मी बुरा मगर र कुमारी थापा निर्बाचित हुनु भएको छ ।

अधिवेसनले मोहनमान नेम्बांग लिम्बु र मन प्रशाद थापालाई सल्हाकारमा चयन गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %