
काठमाण्डौ, फागुन १४ – मगर संघको ३५ औँ स्थापना दिवस, ४५ औँ चिन्डिके डुप्के तथा मगर अन्तर्राष्ट्रिय मंचको तेस्रो स्थापना दिवस आजबाट काठमाण्डौमा सुरु भएको छ । काठमाण्डौको टुडीखेलमा सुरु भएको नेपाल मगर संघको स्थापना दिवस तथा चिन्डिके डुप्के तथा तेस्राो अन्तराष्ट्रिय स्थापना दिवस अन्तरगत आज विभिन्न प्रतियोगिताहरु सञ्चालन गरिएको छ । दिवसको पहिलो दिन आज संस्थागत तथा व्यक्तिगत नृत्य प्रतियोगिता र सिंगापुरमा प्रचलित यन सेपाकताको खेल प्रतियोगिता गरिएको छ । त्यस्तै कार्यक्रममा चर्चित लोक गायिका जुना श्रीस मगर, हाँस्य कलाकार निर आले मगरको हाँस्य प्रस्तुतीको साथै गायक कल्याण राना लगाएतका कलाकारहरुको वजोड प्रस्तुती रहेको थियो ।
त्यस्तै दिवस अन्तरगत आजै ललितपुरमा मैत्रिपुर्ण फुटवल प्रतियोगिता पनी सम्पन्न गरिएको छ । नेपाल मगर संघको स्थापनाको सम्झनामा मगर दिवसको रुपमा विश्वभर रहेका मगर हरुले विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवसलाई पर्वकै रुपमा मनाउने गर्दछन् । नेपाल मगर संघ केन्द्रले हरेक वर्ष चिन्डिके डुप्के कार्यक्रम तथा मगर दिवसलाई टुडीखेलमा भव्य कार्यक्रमको आयोजना गरी मनाउने गर्दछ । नेपाल मगर संघ केन्द्रको संरक्षण तथा नेपाल मगर संघ काठमाण्डौ जिल्लाको समन्वयमा विभिन्न मगर संघको भातृ संगठनहरुको सहयोगमा आयोजना गरिएको ३ दिने कार्यक्रम अन्तरगत कार्यक्रमको औपचारिक उद्घाटन भने भोली सभामुख ओनसरी घर्तीले गर्ने कार्यक्रम रहेको छ ।
भोली १५ गते दोस्रो दिन १० बजे खुला मञ्चमा जम्मा भई मगर संस्कृतिमा आधारित बाजागाजा र झाँकी सहित र्याली निकाल्ने कार्यक्रम रहेको छ । र्याली खुलामञ्चबाट सुरु भई जमल, घण्टाघर, सहिद गेट हुँदै कार्यक्रम स्थल टुडीखेलमा पुगी औपचारिक रुपमा सभामुख ओनसरी घर्तीले उद्घाटन गर्ने कार्यक्रमको सभाध्यक्ष नेपाल मगर संघका केन्द्रिय सदस्य तथा उपत्यका ईन्चार्ज जीवन थापा मगरले गर्नुहुने छ । कार्यक्रममा मारुनी, कौराहा, सोरठी, हुर्रा, पैसारु लगाएतका नृत्य र सालैजो, भ्याउरे, टप्पा लागएत काइके, अठार र बाह्र मगरात समुदायमा प्रचलित मगर संस्कृति र परम्परामा आधारित विभिन्न बाजागाझा र झाँकीहरुको प्रस्तुती रहने छ ।
मगरहरुको मौलिक खानाका परिकारहरुको स्टल, मगर भाषामा लेखिएका तथा मगर समुदाय सम्वन्धित लेखिएका पुस्तहरुको स्टल, मगर समुदायका व्यक्क्तीहरुले उत्पादन गरिएका हस्तकला सामग्री लगाएत गरी १ सय बढी स्टल रहका छन् । मगर समुदाय सम्वन्धित वृत्त चित्र प्रदर्शन समेत गरिने छ ।
{facebook}1198959326820260{/facebook}
फोटो: संजय सिंजाल मगर
फोटो हेर्न यस लिङ्क थिच्नुहोस् ।
काठमाण्डौ, फागुन १४ – मगर संघको ३५ औँ स्थापना दिवस, ४५ औँ चिन्डिके डुप्के तथा मगर अन्तर्राष्ट्रिय मंचको तेस्रो स्थापना दिवस आजबाट काठमाण्डौमा सुरु भएको छ ।
