पत्रकार देव पाटाको आठौ स्मृति दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण भलिवलको विजेता प्रेस चौतारी

गोविन्द घर्ती


Image may contain: 5 people, people standing

देवदह, फागुन १४ – पत्रकार देव पाटाको आठौ स्मृति दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण भलिवलको विजेता प्रेस चौतारी रुपन्देही भएको छ ।

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीद्धारा आयोजित मैत्रीपूर्ण भलिवल प्रतियोगिताको प्रेस चौतारी रुपन्देही विजेता बन्न सफल भएको हो । फाईनल खेलमा प्रगतिशिल पत्रकार संघलाई सोझो दुई सेटमा पराजित गर्दै प्रेस चौतारी प्रथम भएको हो । खेलमा २५–११, २५–२० को सोझो सेटमा जित हात पारेको हो । प्रेम चौतारीले प्रेस सेन्टरलाई २५–११, २५–१५को सेटमा र प्रगतिशिल पत्रकार संघले फोनिज रुपन्देहीलाई २–१ को सेटमा जित्दै फाईनलमा प्रवेश गरेको हो ।


Image may contain: 8 people, people sitting and outdoor

खेलमा प्रेस सेन्टर तृतिय भएको फोनिज रुपन्देहीले जनाएको छ । फोनिज रुपन्देहीका अध्यक्ष मिलन गाहाको अध्यक्षता र जिल्ला खेलकुद विकास समिति रुपन्देहीका अध्यक्ष योग गुरुङ्गको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसी, उपाध्यक्ष दिनेश पाण्डे, जनजाति महासंघका सचिव ज्ञानेन्द्र भुजेल लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।

फोनिजका कोषाध्यक्ष सुन्दर तरामुको स्वागत र सचिव आशिष सूर्यवंशीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । पत्रकार देव पाटा आदिवासी जनजाति पत्रकार महासंघ रुपन्देहीका संस्थापक अध्यक्ष हुनु हुन्छ । उहाको २०६५ सालको फागुन १४ गते दुघर्टनामा परी निधन भएको हो ।