३५ औं मगर एकता दिवस तथा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न

Read Time:2 Minute, 59 Second

गोविन्द घर्ती


Image may contain: 8 people, people sitting, child, wedding and indoor

देवदह, फागुन १३ – मगरात स्वायत्त प्रदेश बिना मगरहरुले उठाएका मुद्दा सम्वोधन हुन नसक्ने नेपाल मगर संघका केन्द्रिय उपाध्यक्ष दलबहादुर विरकट्टाले बताउनु भएको छ ।

उहाले जारी संविधानले मगरहरुको अधिकार सुनिश्चित नगरी मगरहरु प्रति बिभेद गरेकोले अहिलेको संविधान मुलुकी ऐन भन्दा कुनै फरक नभएको बताउनु भयो । नेपाल मगर युवा संघ देवदह नगर समितिले ३५ औं मगर एकता दिवसको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । उपाध्यक्ष विरकट्टाले अधिकार स्थापित गराउन अधिकार सम्पन्न संघीय प्रान्त आवश्यक भएको भन्दै अहिलेको संविधानमा मगरात प्रान्त स्थापित गर्न संभव नभएकोमा जोड दिनु भयो । उहाले मगरहरुको अधिकार सुनिश्चित गर्न पहिचान सहितको संघीय प्रान्तको लागि संविधान पुनः लेखन गर्नुपर्ने बताउनु भयो । उहाले सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन तयारी विना घोषणा भएको छ भन्दै देशमा वर्तमान अवस्थामा देखिएको राजनैतिक समस्या समाधान गर्न नसक्नेमा जोड दिनु भयो । उहाले संविधान कार्यान्वयन भएको अन्र्तराष्ट्रिय जगतलाई देखाउन स्थानीय निकायको निर्वाचन घोषणा गरेर आम नागरिकलाई ढाट्ने काम गरेको आरोप लगाउनु भयो ।

संघका नगर अध्यक्ष नारायण सारुको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघका जिल्ला सहसचिव विनोद थापा, नेपाल मगर संघ देवदह नगर समितिका कार्यवहाक अध्यक्ष शोभाकुमारी थापा, लोकतान्त्रिक मगर संघ रुपन्देहीका अध्यक्ष पदम थापा, नेपाल मगर महिला संघका जिल्ला सदस्य उमाया मगर, देवदह नगर समितिका अध्यक्ष दिलमाया सिंजाली, सचिव विन्दु थापा, संघका नगर सल्लाहकार दलबहादुर पाईजा, यम राना, प्रेम थापा, यमबहादुर आले, रेडियो देवदहका रमेश पोखरेल लगायतले अधिकार प्राप्तीको लागि सम्पूर्ण मगरहरु एकजुट हुनुको कुनै विकल्प नभएकोमा जोड दिएका थिए ।

राजु रानाको स्वागत र सचिव नविन थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %