सिप र ज्ञानलाई व्यवसायीक बनाउन सके आत्मनिर्भर बन्न सकिने

Read Time:3 Minute, 1 Second

गोविन्द घर्ती


देवदह, फागुन ११ – सिप र ज्ञानलाई व्यवसायीक बनाउन सके आत्मनिर्भर बन्न सकिने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

उनीहरुले तालिममा सिकेका कुरालाई व्यवहारमा उर्तान सके मात्र सार्थकता हुने बताएका थिए । सिपलाई व्यहारमा उर्तान लगनशिल, ईमान्दार र अनुशासनमा ध्यान दिनु पर्नेमा जोड दिएका थिए । कोलिय बचत तथा ऋण सहकारी संस्था देवदहको आयोजना र व्यवसायी तथा सिप विकास तालिम बुटवलको साझेदारीमा संचालित ३ महिने बिधुतिय जडान तालिमको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन ।

सो अवसरमा बोल्दै देवदह नगरपालिकाका कार्यकारी अधिकृत रामप्रसाद सापकोटाले सिप नभए सम्म व्यवसायी बन्न नसक्ने भएकोले सिप र ज्ञानलाई प्राथमिकता दिनु पर्नेमा जोड दिनु भयो । उहाले आत्मनिर्भर बन्नको लागि आफु संग भएको ज्ञान र सिपलाई व्यवहारमा उर्तानु पर्ने बताउनु भयो ।

सोही कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ रुपन्देहीका सदस्य प्रकाश अर्यालले सदस्यहरुलाई व्यवसायीक बनाउन सहकारीले विभिन्न तालिमहरु सचालन गर्दै आईरहेकोमा जोड दिनु भयो । उहाले सहकारी मार्फत व्यवसायीक क्षेत्रमा लगानी गरी जीवन परिवर्तन गर्न सकिने भएको बताउनु भयो ।

सहकारी संस्थाका अध्यक्ष सुवकान्त न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला डिभिजन सहकारी कार्यालयका सहकारी निरिक्षक गुणाखर खनाल, शिक्षा सल्लाहकार जयकिशन अधिकारी, तालिमका प्रशिक्षक गंगा पौडेल, व्यास प्राविकका मिना ज्ञवाली लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष सुवकान्त न्यौपानेले तालिमको उद्देश्य माथि प्रकाश पार्दै सहकारीले युवाहरुलाई व्यवसायीक बनाउने उद्देश्यका साथ ३ महिने बिधुतिय जडान तालिम शुरु गरेको बताउनु भएको हो ।

कोषाध्यक्ष हरिप्रसाद पाण्डेको स्वागत, व्यवस्थापक विनोद पराजुलीको संचालनमा भएको कार्यक्रममा गीता रुचालले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %