गोविन्द घर्ती

देवदह, फागुन ११ – रुपन्देहीको देवदहमा एक दिने गरिवी न्यूनिकरणका लागि लधु उद्यम विकास अन्र्तगत अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
उद्यम विकास श्रोत केन्द्र रुपन्देही र देवदह नगरपालिकाको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । देवदह क्षेत्रमा रहेका गरिव, विपन्न बर्ग, दलितहरुलाई उद्यम तर्फ आकर्षित गर्ने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरेको हो । उद्यम विकास श्रोत केन्द्र रुपन्देहीले देवदह क्षेत्रमा गरिव, विपन्न बर्गको पहिचान, सर्वेक्षण गरी कार्यक्रम अगाडि सार्ने योजना रहेको छ । सो अवसरमा बोल्ने वक्ताहरुले युवाहरुलाई लधु उद्यम तर्फ आकर्षित गर्न कार्यक्रमले सहयोग पुर्याउने बताएका थिए ।
उनीहरुले लधु उद्यमशिलताले मात्र गरिवी न्यूनिकरण गर्न सकिनेमा जोड दिएका थिए । तालिममा देवदहमा क्रियाशिल राजनैतिक दलका प्रतिनिधि, वडा नागरिक मञ्चका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । देवदह नगरपालिकाका कार्यकारी अधिकृत अमरनाथ ढकालको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगर विकास समितिका दिल्लीराज मरासिनी, नेपाली काग्रेसका वासुदेव रिमाल, एमालेका खैराज शर्मा, माओवादी केन्द्रका मेघनाथ पौडेल, राप्रपाका ऋषिराम रेग्मी, क्रान्तिकारी माओवादीका ऋषिराम लामिछाने, नेकपा माओवादीका कल्पना सुवेदी, राष्ट्रिय जनमुक्ति पार्टीका डम्वरबहादुर थापा, राष्ट्रिय जनमोर्चाका हरी, वडा नागरिक मञ्चका संयोजक लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।
उद्यम विकास श्रोत केन्द्र रुपन्देहीका कार्यक्रम अधिकृत रामनाथ ढकालले सहजीकरण गर्नु भएको थियो । अभिमुखीकरण कार्यक्रमले देवदहको वडा नं १ र ११ मा गरिवी, विपन्न बर्गको पहिचान, सर्वेक्षण गरी लधु उद्यम विकास कार्यक्रम लागनु गर्ने निर्णय गरेको छ ।
