बातावरणप्रती कसरी अनुदार बन्दैछन राष्ट्रपती ट्रम्प

Read Time:13 Minute, 6 Second

बिजय हितान


Image may contain: 2 people, people sitting and glasses

डोनल्ड ट्रम्प चुनावी अवधीभरी बिबादित बने । यैले राष्ट्रपती भएपछी झनै त्यो क्रम जारीछ । आप्रबासिहरुलाई अमेरिका प्रबेशबाट रोक्न उनको बिशेष आदेस अदालतमा स्थगित छ भने बातावरण अमैत्री नितिले अमेरिकन राष्ट्रपतिय इतिहाँसमा उनी सर्बाधिक अलोकप्रिय राष्ट्रपती साबित भएकाछन । उनको आर्थिक उन्नतिका निति यती बातावरण अमैत्री छन कि- जल, जमिन, र वायु झनै प्रदुशित बन्नेछन । जलबायु परिवर्तन रोकिने छैन । आदिबासिहरुका प्राकृतिक स्रोत र साधनप्रतिको हक र अधिकारको हनन हुनेछन । जैबिक बिबिधता र बन्यजन्तु सम्रक्षणमा ह्रास आउनेछ ।
 
आदिबासिको अधिकारमा ट्रम्पको हस्तक्षेप
सर्बप्रथम त बाराक ओबामाको पालामा रोक्का लगाइएको तेलको पाइपलाइन बिछ्याउने परीयोजनालाई ट्रम्पले सुरुगर्ने भनेका छन । ११०० माइल भन्दा लामो तेल पाइपले डकोटा राज्यमा बस्ने हङ्पापा लकोटा र यङ्तोनाइ डकोटा जस्ता इन्डियन आदिबासिको बस्तिलाई सखाप पार्नेछ । ओहियो ताल र मिसौरी नदी मुनी सुरुङ खनेर तेलको पाइप बिछ्याउनुपर्ने हुन्छ । जसको कारणले पिउने पानीको स्रोतलाई दुशित तुल्याउन सक्ने सम्भावना छ । यो परीयोजनाको बातावरणिय प्रभाव सर्बेक्षणले समग्रमा बातावरणलाइ प्रतिकुल असर पार्ने निचोड निकालेको थियो । फल्स्वरुप त्यस भेगका आदिबासी र सम्रक्षण अभियानकर्ताहरुले चर्को बिरोध गरे । तत्पस्चात ओबामाले परीयोजनालाई अगाडि बढाउन अस्विक्रित गरिदिए । ट्रम्पले भने आर्थिक बिकासको नाममा बातावरणलाई घातक सिद्द भएको उक्त परीयोजनाको निर्माणकार्य सुरुगर्ने भएका छन ।
 
ट्रम्प पर्खालको बातावरणिय प्रभाव
मेक्सिकन आप्रबासिलाई अमेरिका प्रबेसबाट रोक्ने भनेर ट्रम्पले ५० फिट अग्लो १९०० माइल लम्बाइको पर्खाल निर्माण गर्ने भएकाछन । यसले गैरकानुनी तरिकाले अमेरिका छिर्नखोज्ने मानिसहरुलाइ त रोक्ला । तर बन्यजन्तुको आवतजावतमा बाधा आउँला कि न आउँला ? मानिसकोलागी पो अन्तरदेसिय साँध र सिमाना हुन्छन । प्रकृतिमा रम्ने बन्यजन्तु र चराचुरुङ्गिलाई यि कुरा लागु हुँदैन । मेक्सिको-अमेरिका सिमानाको भुभाग बन्यजन्तु र चराचुरुङ्गि बसाइसराइका लागी एक सम्बेदनशिल पर्याबरणिय क्षेत्र हो । जागुआर र भालु जस्ता लोपान्मुख जन्तुहरु सहवासको सिलसिलामा यो सिमाना वारीपारी गर्नुपर्छ । ट्रम्पको पर्खालले यि जन्तुहरुको सन्तानोत्पादन प्रकृयामा बाधा पुर्याउने देखिन्छ । त्यसैले कलान्तरमा यि बन्यजन्तु लोप हेनेछन । पर्खाल निर्माणको क्रममा निर्माण सामग्रीको ओसारपसारले उत्सर्जन गर्ने हरितग्रिह्य ग्यासले मौसम परिवर्तनलाई बढावा दिनेछ । बनजङलको फडानी र जमिनको खनजोतले स्थानिय इकोलोजीमा नकारात्मक असर पार्नेछ । जसले बाढिपैरो को सम्भावनालाई निम्त्याउनेछ । यती लामो कङ्क्रिटको पर्खाल प्रकृतिको त्यो सुन्दर छातीमा कोरिँदा सौन्दर्यताको बिनाश त नहुने कुरै भएन ।
 
ट्रम्पले २०१५ को पेरिस जलवायु सम्झौतालाई पनि नमान्ने भनेका छन । १९५ राष्ट्रले जलबायु परिवर्तनको असरलाई न्युन पार्न गरेको एक्यबद्दतालाई कुनै मान्यता नदिने धम्की दिएका छन । जलबायु परिवर्तनमा नियन्त्रण ल्याउन गरिएका एस अघिका क्योटो प्रोटोकल जस्ता महासन्धिहरु अमेरिकि उध्योगधन्दा र ब्यवसायलाई घाटामा पार्न गरिएको र फाईदा जती सबै चाईनालाई हुने उनले बताउँदै आएका छन । अमेरिका जस्तो बिकसित अर्थतन्त्र सम्हाल्ने देसका राष्ट्रध्यक्ष्यले जलबायु परिवर्तनका सन्धिहरुबाट हात निकाल्न खोज्दा बातावरणबिधलाई ठुलो चिन्तामा डुबाएको छ । बिल क्लिन्टनको पालामा उपराष्ट्रपति बनेका आल गोर सबैभन्दा बातावरण-मैत्री नेता मानिन्छन । उनको जलबायु परिवर्तन र यसको कारण सम्बन्धी जनजागरण कार्यलाई नोबेला शान्ति पुरस्कार पनि प्रदान गरिएको थियो । अमेरिकि बैज्ञानीकले मानबिय गतिबिधी नै जलबायु परिवर्तनको प्रमुख कारण मानिरहेको बेलामा त्यही देसका शासनमा आसित नेताले बातावरण सम्रक्षणमा सहकार्य गर्न नखोज्दा सारा बिस्व अैले अन्योलमा परेको छ ।  ट्रम्पको यस्तो गतिबिधी बातावरण बलात्कारीताको छवी हो ।
 
ब्रेक्जिट र ट्रम्पको बिजयमा रसियाको हात
ट्रम्पका उग्र निती र भाषणले विश्व राजनैतिक सराकमा हलचल मच्चाइदिएकोछ । यदी उनले जे बोलेका छन तिनलाई कार्यननयन गरे भने विश्व मानचित्रमा धेरै परिवर्तन आउनसक्ने देखिन्छ । विश्व राजनैतिक शक्तिकेन्द्र पश्चिमा मुलुकबाट रसिया र पूर्वतिर शिफ्ट हुनसक्छ । ट्रम्पजस्ता बिजिनेसमेनले हिल्लारि जस्ती अनुभवी राजनेत्रिलाई पछार्दै चुनाव जित्लान भनेर कसले चिताएको थियो र ! न त पब्लिक सर्भेले नै यस्तो होला भनेर भबिष्यबाणी गरेको थियो । ब्रेक्जिट परीणाम पनि त सर्बसाधारणले सोंचेजस्तो भएन ।
 
बेलायतको ब्रेक्जिट र ट्रम्पको जित हुनमा कतै रसियाको हात त थिएन ? कम्पुटर प्रणालिको मद्दतले हुने चुनावि बिधिलाई रसियनले यि दुबै मतदानमा साइबर अटेक गरेको हुनसक्छ । गत सालको जनमत संघ्रहमा मतदानको बेला कम्पुटरलाई ह्याक गरिदिएर झिनो मतले भए पनि बेलायतलाई युरोपबाट बाहिरिने बनाईएको हुनसक्छ । सयुक्त अधिराज्य टुक्रियोस भन्नको खातिर स्कटलेन्डका ६० प्रतिसत जनताले युरोपमै बस्न मत हालेको बनाइदियो । ब्रेक्जिटले युरोपलाई कमजोरी बनाइदिनेछ । युरोप कमजोर हुनु भनेको रसियाको बर्चस्व बढनु हो ।
 
रसियाको यस्तो चलाखि अमेरिकन राष्ट्रपतिय चुनाव छेका पनि देखियो । त्याँहाको भोटिङ कम्प्युटर प्रणालिमा रसियाद्वारा ह्याक गरिएको हुनसक्ने सम्भावना प्रसस्त छ । राष्ट्रपती पुटिन बिरुद्द खरो ढंगले उत्रेकी हिल्लारिलाई हार्ने गराएर पुटिनलाई मन पराउने ट्रम्पलाई जिताइएको हुनसक्छ । यसरी ट्रम्प र पुटिनको मित्रताले भने विश्व शान्तिमा नयाँं सितलता छाउनेछ र विश्व बढी सुरक्षित हुनसक्छ । अैलेको साइबर युद्द, जुन दिन फिफाले २०१८ विश्वकप रसियालाई प्रदान गर्‍यो त्याँहादेखी सुरुभएको हो । त्यसपछी ब्रिटिश र अमेरिकाले फिफामा भ्रश्टाचारको छान्बिन गर्‍यो र रसियन खेलाडिहरुलाई ओलम्पिकमा भागलिनबाट बन्चित गराइयो । रसियाले त्यसैको बदलामा यि दुई चुनावहरुमा हस्तछेप गरेको हुनसक्छ ।     
 
आतङकबादिहरुले बेलायत र अमेरिकालाई घुन्डा टेकाए
यि दुई अप्रत्यासित परीणामहरु बिनलादन, तालेवान, आइसस र तिनका आतङ्कबादी गतिबिधिले पनि हुनसक्छन । युरोपमा गतसाल लाखौंको सङ्ख्यामा मध्य-पूर्व राष्ट्रहरुबाट सरणार्थि र आप्रबासिहरु युरोप भित्रिय । त्यसको लगत्तै युरोपका केही सहरहरुमा आतङ्कबादी गतिबिधिहरु देखिए । सयौं सर्बसाधारण कती गोलीबाट त कती ट्रकको किल्च्याईबाट मृत्‍युको मुखमा परे । यसले बेलायती र अमेरिकि जनतामा भय उत्पन्न गरायो । फल्सरुप राष्ट्रबादी चिन्तनका दलहरु र उम्मेदवारहरुप्रती समर्थन बढ्यो । परीणाम स्वरुप ब्रेक्जिट आयो र ट्रम्प बिजय भए । यि जितहरु अैलेको विश्वब्यापिकरणको युगमा बेलायत र अमेरिकाको हार हो म भन्छु । यि दुई राष्ट्रको साम्राज्यबादी नितिमा लगाम लागेको म देख्दछु । अन्तत्व आतङकबादिहरुको, मुसलमान समुदायको जित भएको म मान्दछु । युगौं युगान्तरको साङ्घ्रषले बेलायत र अमेरिका जस्तो सक्तिशाली राष्ट्रलाई आफ्नै सिमानाभित्र खुम्च्याउन सफल भयो ।
 
यि दुई राष्ट्र ब्यापार बढाएर आफ्नो देसको आर्थिक उन्नती पनि गर्न चाहन्छन । उता आप्रबासीको अागमनलाई कडा पार्न पनि चाहन्छन । यिनी चिचिको पनि लोभ पापाको पनि लोभ गर्छन् । भुमन्डलीकरणले आर्थिक उन्नती ल्याएको हो । आर्थिक उन्नती जहिले पनि मानिसको खुल्ला स्वतन्त्र आवत जावतमा निर्भर पर्छ । त्यसैले आप्रबासी अागमनलाई रोक्छु र आर्थिक उन्नतिको फाईदा पनि लिन्छु भन्ने तर्क एकआपसमा बाझिने बिषय हुन । उत्पादित मालसामनको निर्यात र पैठारिमा मानबिय सङ्ख्या तथा तिनको सिप पनि निर्यात र पैठारी हुन्छन । यसलेगर्दा आप्रबाशी कटौती गर्ने भन्ने यि दुई राष्ट्रको निती भ्रम मात्रै हो ।
 
बर्गर र कोक बहिस्कार
ट्रम्पको ७ मुसलमान राष्ट्रप्रतिको यात्रा बन्देजलाई ति राष्ट्रहरुले कडारुपमा बिपत्ती जनाए । बिपत्ती जनाउनुको सट्टा अमेरिका जस्तै आफ्नो देसलाई बिकसित बनाउनतिर लाग्दा राम्रो हुने थियो ताकी भबिश्यमा आफुले पनि अमेरिकिहरुलाई यात्रा बन्देज लगाउन सकियोस । अमेरिकाको यस्तो मानव अधिकार बिरुद्दको निर्णयप्रती मेरो पनि ब्यक्तिगत आक्रोश छ । अबदेखी म्यक्डोनाल्डको बर्गर नखाएर र कोक नपिएर मैले त्यसको बिरोध जनाउने बाचा गरेको छु । जे होस २०१६ को बेलायत र अमेरिकाको पत्त्यारै नलाग्दो राजनैतिक परीणामले बिस्वमा हलचल पैदा गरिदिएको छ । जसले बिस्वका अन्य राष्ट्रलाई पनि आत्मनिर्भर बनाउन सक्ने र यि दुई राष्ट्रको दादागिरी अब सधैंकालागि अस्ताएर जाने सम्भावना देखिन्छ । तथापी बातावरण सम्रक्षण र सम्बर्धनको मुद्दा ज्युंकात्युं रहनु हामीसबैकालागी लज्जास्पद्द छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %