बहराईनमा पर्वत सेवा समाजले प्रथम साधारण सभा सम्पन्न

कृष्ण सारू मगर


Image may contain: 11 people, people standing

मानमा-बहराईन, फेब्रुअरी  २० – बहराईनको राजधानी मनामा स्थित सित्तल नेपाली रेष्टुरेन्टको सभाहलमा पर्वत सेवा समाजले गएको १० फेब्रुअरी २०१७ का दिन प्रथम साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष तिलक सापकोटाको अध्यक्षतामा बसेको बैठकले प्रथम उपाध्यक्ष रामहरि शर्मा, द्वितिय उपाध्यक्ष पदम बि.क. महासचिव कृष्ण प्रसाद पौडेल, सचीव ख्याम प्र. न्यौपानेलाई चयन गरेको छ । कोषाध्यक्ष कृष्ण घतान र सह-कोषाध्यक्षमा राम चन्द्र परियारलाई जिम्मेवारी दिएका छन् । मिन प्रसाद भुसाललाई युवा संयोजक महत्त्वपूर्ण जिम्मेवारी दिएको छ । महिला संयोजकमा सरिता बि.कले पाएकी छन् ।

यसैगरी नवीन चापागाईं, आर्यन शर्मा, कमला बि.क, प्रताप श्रेष्ठ, रेशम परियार, सुनिल हमाल, दिपक बि.क, रोशन अधिकारी, अमर सेन्चुरी, धन बहादुर बि.क, लोक बहादुर के.सी. रोशन बि.क, डम्बर बि.क, याम हमाल, ख्याम काफ्ले, गुरुदत्त भुर्तेल, हिरा शर्मा, मान बि.क सदस्य रहेका छन । रघुनाथ गिरीले संरक्षक पाएका छन् । इन्दिरा क्षेत्री र ठाकुर राज सुनारलाई सल्लाहकार समितिमा सर्वसम्मतिले मनोनीत भएको हो ।

समाजका संस्थापक सचिव स्व. गमानसिँ थापा मगरको सम्मानमा १ मिनट मौन धारण पश्चात औंपचारिक कार्यक्रम अगाडि बढाएको हो ।
संस्थाका महासचिव तिलक सापकोटाले प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो । कोषाध्यक्ष पदम बि.क.ले आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै सार्वजनिक गरे ।
उक्त साधारणसभामा विभिन्न कृयाशील संघ, संस्था संगठनका प्रमुख तथा प्रतिनिधिहरु, स्थानीय पत्रकार, साहित्यकार एवं विभिन्न विशिष्ट ब्याक्तित्वहरुले उपस्थिति जनाएका थिए ।

संस्थापक अध्यक्ष रघुनाथ गिरि, उपाध्यक्ष रामहरी शर्मा लगायत अन्य वक्ताहरूले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिए ।
संस्थापक कोषाध्यक्ष पदम बि.क.को संचालनमा सम्पन्न कार्यक्रम संस्थापक अध्यक्ष रघुनाथ गिरिले सभापति गर्नु भएको थियो ।