रूद्र श्रीसमगर

पोखरा, फागुन ८ – अग्निपीडित लोक तथा दोहोरी गायक सञ्जय पुनमगरलाई बागलुङ–पोखरा मगर समाजले आर्थिक सहयोग गरेको छ । शनिबार समाजले गायक पुनलाई ४५ हजार ५ सय ५८ रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको हो ।
पोखरा–८, नागढुड्डास्थित गायक पुनको घर आगलागीबाट गत महिना क्षतिग्रस्त भएको थियो । शनिबार समाजको कार्यालयमा आयोजित कार्यक्रममा समाजका संस्थापक अध्यक्ष दलबहादुर थापामगरले गायक पुनकी श्रीमती खगी पुनलाई सो सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा बोल्दै समाजका संस्थापक अध्यक्ष दलबहादुर थापामगरले समाजका सदस्यहरूबीच बेलाबखतमा पर्ने दुःख, पीर मर्कामा एक अर्कामा सहयोग आदानप्रदानका लागि नै समाजको आवश्यकता पर्ने बताउनुभयो । समाजले दुःख, सुख साटासाटका लागि एकताबद्ध भएर अघि बढ्न सहयोग गर्ने बताउँदै उहाँले सानै भएपनि सहयोगको ठूलो महत्व रहेको उल्लेख गर्नुभयो ।
समाजका उपाध्यक्ष कृष्णाकुमारी श्रीसमगरको अध्यक्षतामा भएको कार्यक्रममा सचिव गजेन्द्र थापामगर र कोषाध्यक्ष कृष्णा पुनमगरले पनि बोल्नुभएको थियो ।
