सुरक्षित आर्थिक भबिश्यका यसरी बचत गरौं, बचत शिक्षा आजैबाट सुरु गरौं

Read Time:15 Minute, 57 Second

संगिनि रानामगर


Image may contain: 1 person

हाम्रो समाजमा आर्थिक शिक्षाको ज्यादै आवश्यकता छ । जुनसुकै व्यक्तिलाई पनि आफ्नो भविश्यको र परिवारको आर्थिक अवस्था बारे चिन्ता हुन्छ । त्यसकै कारणले मान्छेले रातदिन दुःख गरेर आफ्नो र परिवारको भविष्य उज्वल देख्न चाहन्छ । कुनै पनि व्यक्तिले आफ्नो जिवनमा दुःख पाएर बुढेसकालसम्म बाँच्न चाहदैनन अर्थात कुनचाहि व्यक्ति होला म वृद्ध अवस्थामा सडकमा मागेर जीवन विताउँछु भन्ने ? कुन चाहि छोरा/छोरीले आफ्नो बाआमा सडकमा माग्दै हिडेको देख्न चाहेला ?

कुन बाआमा होला जो आफ्नो छोराछोरीलाई स्कुल पढ्ने बेला बाटोमा माग्दै हिडेको देख्न चाहने ? तर आज हाम्रो समाजमा यस्तो भएके छ । हजारौ वयस्क बाआमा बाटोमा माग्दै हिडेका छन् । हजारौ बालबालिका बाटोमा मागेर जीवनयापन गर्नु परेको छ । यसले हजारौ मानिसको मुटु छुने पीडा बोकेर हिडेका छन् । कतिले राज्यलाई दोष दिन्छन् । कतिले सरकारलाई, पार्टीलाई, समाजलाई, बाआमालाई सबैलाई दोषी देखाएको पाइन्छ ।

समाजमा धनी र गरीबको सवाल

हुन त मान्छे पैसाले मात्र धनी हुदैन । धनी भनेको प्राकृतिक धनी, सामाजिक धनी, बौद्धिक धनी, अनुभवको धनी हुन सक्छ । यसमा मानिसको विचार र अनुभव फरकफरक हुन सक्छ । त्यसैले हाम्रो समाज केमा धनी र के कारणले गरिब भएको छ भन्नेबारे मेरो अनुभव यस्तो छ ।

वास्तवमा समाज कसरी गरिब हुन्छ ? अर्थात परिवार गरिब हुन भनेको समाज गरिब हुनु हो । समाज गरिब हुनु भनेको देश गरिब हुनु हो । वास्तवमा मान्छे गरिब हुनको विभिन्न कारणहरु छन् । जसमध्ये आर्थिक साक्षरता पनि एउटा महत्वपूर्ण पाटो हो । देशको मेरुदण्ड आर्थिक, सामाजिक, राजनैतिक, शैक्षिक भएकोले आर्थिक समाज, परिवार र व्यक्तिको महत्वपूर्ण खम्बा हो । परिवार र समाजको आर्थिक अवस्था बलियो हुनु भनेको देशको आर्थिक स्थिति बलियो हुनु हो ।

वास्तावमा भन्ने हो भने नेपालमा रहेका नेपालीहरुले पैसा नकमाएको होइन । देशको मुख्य आयस्रोत वैदेशिक रोजगार नै रहेको छ । तर, विदेशबाट ज्यान दिएकर, रगतपसिना बगाएर ल्याएको स्रोत कहाँ खर्च भएको छ त ? यसलाई केलाउने हो भने नेपालको महङ्गो शिक्षा, महंगो स्वास्थ्य सेवा, यातायात त्यस्तै । यति मात्र नभएर धेरै जसो मनोरञ्जन र लवाइखवाइले गरिब र धनीबीचको खाडल फराकिलो बनाएको छ । आकाश छुने महंगीले गर्दा बैदेशिक रोजगारबाट आएको पैसाले छोराछोरीको स्कुल, कलेज उनीहरुको आवश्यकतालाई परिपूर्ति गर्नका लागि जीवनभर वैदेशिक रोजगारीमा लाग्नु परेको छ । राष्ट्रले कुनै पनि आम्दानी मुल रोजगार कार्यक्रम र रोजगारको व्यवस्था नभएको कारणले हजारौं शिक्षित युवा वैदेशिक रोजगारको लागि हामफालेका छन् । यसरी विदेशमा गएर रगतपसिना बगाए । ल्याएको पैसा कहाँ खर्च भएको छ त ? वैदेशिक रोजगारबाट घरमा पठाएको पैसा सही ठाउँमा खर्च गर्ने, खर्चको व्यवस्थापन गर्ने, अनावश्यक खर्च नगरेर वचत गर्ने बानी घरपरिवारमा हुने हो, ‘भने भविष्यमा हाम्रो परिवार र समाज आर्थिक रुपले माथि उठ्न सक्दछ ।

यसको लागि आर्थिक साक्षरताको ठुलो खाँचो छ । त्यसैले प्रत्येक व्यक्ति, परिवार र समाज आर्थिक रुपले शिक्षित हुनु जरुरी छ । आर्थिक शिक्षा पैसा कमाउने मात्र होइन–कमाएको पैसालाई सही रुपले व्यवस्थापन गर्ने, कति बचाउन सक्यो त भन्ने हो, जसले गर्दा आफ्नो छोराछोरीको कलेजको खर्चको योजना र आफ्नो अवकाश जीवनका लागि आर्थिक योजना बनाउन जरुरी छ ।

व्यक्तिगत आर्थिक रणनीतिक योजना

१. रिटायरमेन्ट प्लान–रिटायर भन्नाले हाम्रो समाजमा मान्छेले काम गर्न नसक्ने अवस्था अथवा वृद्ध अवस्था अर्थात ६५ वर्षपछिको उमेरको अवस्थ भन्ने आमसोचाई रहेको पाइन्छ । मान्छेले आफ्नो बुढेसकालमा रेखदेख गर्ने भनेर छोराछोरीलाई नै रिटायरमेन्ट प्लान हो भन्ने सोचेको हुन्छ । तर, बुढेसकालमा छोराछोरीले हेर्छन्, पाल्छन् भन्नेबारे भविश्यमा कुनै ग्यारेन्टी छैन । त्यसकारणले के छ त मेरो बुढेसकालका लागि आयस्रोत ? मेरो पेन्सन छ ? मेरो वृद्ध भत्त कति छ ? मेरो रिटायर जीवनको लागि भनेर आज मैले कमाएको पैसाको वचत गरेको छु त ?

मानौं वर्तमान अवस्थामा मेरो मासिक खर्च रु २० हजार छ भने म ५० वर्ष पुगे । अबको १५ वर्षपछि म काम गर्न नसक्ने अवस्थमा पुग्छु भने म कम्तीमा पनि ९० वर्ष बाँचे भने मलाई २५ वर्षलाई खाने, बस्ने र औषधी उपचार खर्च कति चाहिन्छ त ? र, राज्यले प्रत्येक वर्ष कसरी महंगी बढाएको छ, आदिवारे सोचेर आजै आफ्नो रिटायरमेन्ट प्लान बनाउन जरुरी छ । मानौं मेरो मासिक आम्दानी रु २५ हजार छ भने मैले मेरो रिटायरमेन्ट २५ वर्षको लागि सात करोड ५० लाख कम्तीमा पनि चाहिन्छ । यसमा महंगीको हिसाब गरिएको छैन ।

विश्वमा सबैभन्दा ठुलो चुनौती पनि रिटायरमेन्ट नै हो । समयमा आफ्नो रिटायरमेन्ट प्लान नबनाउने अथवा छोराछोरीको भरोसा पर्ने, जे होला परेपछि टर्ला भन्ने सोचाइले गर्दा धेरैजसो वृद्ध अवथामा सडकमा पुग्छन् । समयमा रिटायरमेन्टका लागि कुनै पनि आयश्रोत छैन भने आजैदेखि नै रिटायरमेन्टको लागि दैनिक वचत गर्नेन बानी बसाल्नु जरुरी छ ।

२. सबैभन्दा पहिले आफैलाई तिर्नु–हामी सबैलाई पैसा तिर्छौ । तर आफैलाई तिर्न विर्सन्छौ । हामी उमेर छाँदा र पैसा कमाउन सक्दासम्म सबैलाई पैसा तिर्छौ । छोराछोरी, दाजुभाई, दिदीबहिनी, आफन्छ, खाना, घरभाडा, कपडा सबै किसिमको साहुलाई तिर्न पैसा पुग्छ । तर, आफुलाई पुग्दैन ।

त्यसमा पनि हाम्रो आवश्यकता खर्चभन्दा बढी फजुल खर्च बढिरहेको हुन्छ । जाँडरक्सी, चुरोट, पार्टी, नयाँ कपडा, प्रत्येक हप्ता कहिले छोराको जन्मदिन पार्टी, कहिले छोरीको, नाचगान, साथीभाइसँग रमाईलोमा पन हाम्रो खर्च बढेको छ । यी खर्चहरुमा तिर्नुभन्दा अगाडि आफैलाई तिर्ने बानी बसाल्नु अति जरुरी छ । हामी आमाबुवाले पनि बच्च्हरुलाई खर्च गर्नमात्र सिकाएका हुदैनौ । सेभिङ ह्याबिट भन्दा पनि स्पेन्डिङ ह्याबिट भएकाले हामी भविश्यमा पनि गरिब हुन्छौं ।

त्यसैले फजुल खर्चलाई कम गरौं । दैनिक आफैले आफैलाई तिर्ने बानी अर्थात दैनिक बचत गर्ने बानीमात्र बसाल्यौ भने पनि हाम्रो जीवनमा ठुलो परिवर्तन हुन्छ । जस्तै दैनिक कमााई रु एकहजार छ भने दिनको कमाईको आफ्नो रिटायरमेन्टको लागि दैनिक रु २० पहिले नै छुटाउने हो भने मासिक रु ६ सय हुन्छ । वर्षको रु ७ हजार २ सय हुन्छ । ३० वर्षसम्म वचत गर्दा २ लाख १६ हजार हुन्छ । अब दिनमा रु २० वचत गर्ने बानी गर्दा रु ६ सयलाई ८ प्रतिशत ब्याज पाउने ठाउँमा ३० वर्ष राख्दा ८ लाख ९४ हजार २१४ जम्मा हुन्छ ।

बच्चाको स्कुल/कलेज शिक्षा खर्चको योजना

जसरी हामी आफ्नो रितायमेन्टको लागि योजना बनाउँछौ, त्यसरी नै बच्चाको स्कुल र कलेजको शिक्षा खर्चको योजना बनाउन जरुरी छ । आज बाआमको छोराछोरीका लागि कलेज शिक्षाको खर्चको योजना नभएको कारणले अथवा बच्चाको कलेजमा खर्च कति लाग्छ त ? भन्नेबारे बच्चा जन्मेपछि सबै बाबुआमाले योजना बनाउनुपर्छ । सबै बाआमाले बच्चा पाएपछि आफ्नो छोराछोरी राम्रो कलेज गएर राम्रो पढोस, डाक्टर बनोस, ठुलो मान्छे बनोस र आफुलाई बुढेसकालमा स्याहार/सुसार गरोस भन्ने सपना बोकेको हुन्छ ।

कुनै पनि बाआमाले मेरो छोराछोरीले दुःख पाउलान, नपढेर सडकमा मागेर हिड्लान भनेर सोचेको हुदैन । तर, अजा हजारौ बालबालिका सडकमा छन् । आज सडकमा नगए पनि भविश्यमा कति जानेवाला छन् । कतिपय बाआमालाई बच्चाको शिक्षाबारे र उनीहरको भविश्यमा कति खर्च हुन्छ भन्नेबारे राम्रोसँग योजना नगरेको कारणले गर्दा बच्चा राम्रो भएर पढ्न खोजे पनि पैसाको कारणले पढ्न पाउदैन् । बाआमाले कलेज शिक्षको लागि पैसा तिर्न नकस्ने कारणले कति शिक्षित युवाहरु आज विदेशिन बाध्य छन् । बीचमा स्कुल/कलेज छोड्नु परेको छ । त्यसैले हरेक बाआमाले बच्चा जन्मने वित्तिकै कलेज र स्कुलको खर्चको लागि पैसा वचत गर्नुपर्छ । जस्तै मेरो छोराछोरी एक वर्ष भएछ भने अबको पाँच वर्षपछि स्कुल जाँदा कति खर्च लाग्छ अर्थात १८ वर्षपछि मेरो छोराछोरी कलेज जाँदा कति खर्च लाग्छ ? जस्तै सरकारी स्कुल खर्च कक्षा १ देखि १२ सम्म मासिक रु २ हजार भएमा वर्षको २४ हजार र १० वर्षको २ लाख ४० हजार लाग्छ । त्यससैगरी कलेज खर्च महिनाको १० हजार भएमा वर्षको एक लाख २० हजार र ४ वर्षमा ४ लाख ८० हजार खर्च हुन्छ । नीजि कलेजमा कम्तीमा पनि २० लाख खर्च हुन्छ । तर, खोइ त बाआमाले त्यसका लागि वचत गर्ने बानी बसालेको ?

त्यसकारणले हामी अब हाम्रो परिवार, समाज, छिमेकी, साथीभाई संघ/संस्था सकभर सबैले आर्थिक साक्षरता गर्दा सबैभन्दा पहिले महत्वपूर्ण कुरा वचत गर्ने बानी बसाल्नु पर्छ । आर्थिक साक्षरता भनेको कमाएको पैसालाई आवश्यक ठाउँमा मात्र खर्च गर्ने व्यवस्थापन गर्ने हो भने हरेक व्यक्तिमा १० लाख, १२ लाख वचत हुन्छ भने त्यसलाई सही ठाउँमा लगानी गर्न सकिन्छ ।

हुन त नेपालमा सहकारी, फाइनान्स जस्ता वित्तिय संस्थाहरु र विभिन्न संघसंस्थाले यसबारेमा जनचेतना जगाएको पाइन्छ । वचत र ऋणको लागि व्यवस्था गरेको पााइन्छ । तर आज सबै परिवार, समुदाय, संघसंस्थाले अनिवार्य रुपमा दैनिक, मासिक वचत गर्ने हो भने व्यक्ति धनी बन्छ, समाज धनी बन्छ र राष्ट्र नै धनी बन्छ ।

समय

भनिन्छ समय नै पैसा हो । जीवनको हरेक महत्वपूर्ण कुराहरुको निर्णय समयमा गर्नाले जीवनलाई साार्थक र सफलतामा पुर्याउछ । त्यस्तै गरेर आर्थिक जीवनमा पनि समयमा नै आफुल कमाएको पैसा वचत गर्यौ भने अर्थात उमेर छदै वचत गर्ने बानी बसाल्यौ भने यसले समयमा आर्थिक सुरक्षा अर्थात आर्थिक रुपले आफ्नो खुट्टामा आफै उभिन सक्षम बनाउँछ । प्रायजसो युवाले वचतको कुरा गर्दा उमेर छदैछ, पछि गरौला भन्ने गरेको पाइन्छ । धेरै जसोले पछि, भोलि वचत गर्दा हुन्छ भन्ने सोचाई राखेका हुन्छन् । जसले भोलि भन्ने शब्दले हामी आफैलाई पछि पार्दछ । त्यसकारण भनिन्छ एचयअचबकतष्लबतष्यल ष्क तजभ भलझथ या कबखष्लन।

यसरी हामीले भविष्यको लागि बलियो आर्थिक घर बनाउनु भनेको भविश्यमा आर्थिक रुपमा सुरक्षित हुनु हो । आज हामीले हाम्रो छोराछोरी, छिमेक, समाजको खर्च गर्ने बानीलाई वचत गर्ने बानीमा बदल्न सक्यौ भने मलाई सय प्रतिशत विश्वास छ कि भोलिको दिनमा हाम्रो सन्तान करोडौं सम्पत्तिको मालिक बन्न सक्दछ । जस्तै अमेरिकाको वरेन वफेट पनि सात आठ कक्षादेखि नै वचत र लगानीमा रुचि राख्थे र त्यस विषयमा पढ्ने गर्दथे ।

यसका लागि प्रत्येक परिवा, समाज, राष्ट्र र देशको नीतिनियम बनाउने व्यक्ति, राजनीतिक व्यक्तिलाई आर्थिक शिक्षाको आवश्यकता देखिन्छ । अमेरिका जस्तो देशमा यौन शिक्षालाई कलेजमा महत्व दिइन्छ । तर, आर्थिक ज्ञान जस्तो दैनिक जीवन अर्थसँग गाँसिएको हुन्छ । यसको महत्व कम अर्थात आर्थिक योजनाको ज्ञान कम भएको कारणले अन्तमा ऋणमा डुब्ने र होमलेस हुने गरेको पाइन्छ । त्यसकारण आर्थिक शैक्षिक ज्ञान ज्यादै महत्वपूर्ण छ । साभर: एभरेस्ट टाइम्स

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %