देब पचभैया
पाल्पा, फागुन ८ – वातावरणीय संरक्षण अभियानका रुपमा संसारभर मनाईने अर्थ आवरका दिन नेपालमा वातावरण साहित्य प्रतियोगिता हुने भएको छ ।
विश्व नेपाली साहित्य महासंघ साउथ यूकेले अर्थ आवरको अवसर पारेर आगामी चैत्र १३ अर्थात मार्च २६ तारिखमा बातावरण साहित्य प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा नेपालमा रहेका स्रष्टाहरुले मात्रै भाग लिन पाउने विश्व नेपाली साहित्य महासंघ साउथ यूकेका अध्यक्ष बिजय हितानले जानकारी दिनुभयो ।
कविता, गीत र मुतmक समेटिने प्रतियोगितामा उत्कृष्ट हुने तीन वटा सिर्जनालाई ३० हजार बरावरको नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने छ । बातावरण, पर्यावरण, पृथ्वी, प्रकृति, वनस्पति, बन्यजन्तु, जैविक विविधता, जलबायुपरिवर्तन , तिनका महत्व, संरक्षण र प्रतिकुल असर जस्ता बिषयमा सिर्जना केन्द्रित गर्न आयोजकको आग्रह छ ।
चैत्र २५ (मार्च २५) भित्र bryanhitan@hotmail.com मा आफ्ना सिर्जना पठाउन अध्यक्ष हितानले आग्रह गर्नुभयो । विजेतालाई आगामी अप्रिलमा काठमाण्डौमा एक समारोहको आयोजना गरी पुरस्कृत गरिने बताईएको छ । प्रतियोगिताबाट छानिएका सृजनाहरुको पुस्तक प्रकाशन गर्ने आयोजकको भनाई छ । संसारभर मनाईने अर्थ आवरमा बेलुकी साढे ८ देखि साढे ९ बजे सम्म एक घण्टा बिजुली बत्ती निभाउने चलन छ ।
