गुणस्तर शिक्षाको लागि प्रविधियुक्त शिक्षा प्राणाली लागु गर्नुपर्ने

Read Time:3 Minute, 9 Second

 

गोविन्द घर्ती

देवदह, फागुन ७ – गुणस्तर शिक्षाको लागि प्रविधियुक्त शिक्षा प्राणाली लागु गर्नुपर्ने जिल्ला शिक्षा कार्यालय रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले बताउनु भएको छ ।

उहाले प्रविधिलाई सही सदुपयोग गर्न सकिए गुणस्तर शिक्षा प्राप्त गर्न सकिनेमा जोड दिनु भयो । देवदह ङलिस बोडिङ्ग स्कुल देवदहको २० र्औ बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो ।

थापाले अहिलेको शैक्षिक पद्दतिलाई रुपान्तरण गर्न सम्पूर्ण विद्यालयहरुले प्राविधिक र व्यवहारिक शिक्षा प्राणाली लागु गर्नुपर्नेमा जोड दिनु भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुमानसिं कुवरको अध्यक्षतामा भएको कार्यक्रममा सहायक जिल्ला शिक्षा अधिकारी धनश्याम भुषाल, शिक्षा कार्यालयका तालिम प्रशिक्षक मनोज गैरे, जिल्ला युवा समितिका मोतीराज पौडेल, विद्यालय निरिक्षक हरिलाल अर्याल, एन प्याव्सन रुपन्देहीका अध्यक्ष कृष्णप्रसाद पौडेल, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, केरवानी माविका मित्रलाल न्यौपाने, नेपाल राष्ट्रिय शिक्षक संगठनका ऋषिश्वर अर्याल, होमनाथ ढुंगाना, खेमनारायण अधिकारी लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।

कार्यक्रममा विद्यालय पुर्व अध्यक्ष कृष्णप्रसाद भण्डारी र प्रवेशीका परिक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । त्यसैगरी राष्ट्रिय कलाकार तेजु अर्याल, विद्यार्थीहरुद्धारा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

सोही अवसरमा बार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलकुदका विजेता तथा शैक्षिक पुरस्कारहरु वितरण गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रिन्सीपल विष्णुप्रसाद पौडेलले विद्यालयको शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

सहयाक प्रिन्सिपल सन्तोष पौडेल, निसु कार्कीको स्वागत र मनबहादुर क्षेत्रीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %