शिक्षा विना समाज परिवर्तन नहुने

Read Time:2 Minute, 0 Second

गोविन्द घर्ती


Image may contain: one or more people and people standing

देवदह, फागुन ५ – शिक्षा विना समाज परिवर्तन गर्न नसकिने भएकाले गुणस्तर शिक्षालाई बढि महत्व दिनु पर्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

उनीहरुले शिक्षा संगै विद्यार्थीहरुलाई कुलत तर्फ जान नदिन अभिभावकहरुले महत्वपूर्ण भूमिका खेल्नु पर्नेमा जोड दिएका थिए । सरस्वती माध्यमिक विद्यालय देवदह–१, राजावारीको २६ औं बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । उनीहरुले अहिले लागुऔषध सेवनकर्ता बढिरहेकोले आफना वालवच्चाहरुलाई त्यसबाट बचाउन अभिभावक, शिक्षकहरुले विशेष भूमिका खेल्नु पर्नेमा जोड दिएका थिए ।

शिक्षक अभिभावक संघका अध्यक्ष रुद्रप्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय निरिक्षक नारायणप्रसाद लामिछाने, राष्ट्रिय आवास कम्पनीका महेन्द्र थापा, निबर्तमान अध्यक्ष दिपक लम्साल, पुर्व अध्यक्ष प्रजापति सापकोटा, आदिवासी जनजाति महासंघका बमबहादुर गुरुङ्ग लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।

कार्यक्रमा विद्यालय प्रधानाध्यापक पदम रानाले बार्षिक शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । दुर्गाबहादुर क्षेत्रीको स्वागत र शोभाखर पाण्डेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %