देवदहमा एक दिने निःशुल्क आखा शिविर सम्पन्न

Read Time:2 Minute, 11 Second

गोविन्द घर्ती


Image may contain: 5 people, people sitting

देवदह, फागुन ६ – रुपन्देहीको देवदहमा एक दिने निःशुल्क आखा शिविर तथा नेत्रदान कार्यक्रम सम्पन्न भएको छ ।

उज्यालो लालटिनको आयोजना र रणअम्विका शाह आखा अस्पताल भैरहवाको प्राविधिक सहयोगमा उक्त शिविर सम्पन्न भएको हो । देवदहमा बसोवास गर्ने आम नागरिकलाई स्वास्थ्यको पहुचमा पुर्याउने उद्देश्यले शिविरको आयोजना गरेको उज्यालो लालटिनका अध्यक्ष राजीव सापकोटाले बताउनु भयो ।

शिविरमा ३ सय जनाले आखा परिक्षण गराएको र २२ जनामा मोतियाविन्दु फेला पारेको आयोजकले जनाएको छ । शिविरमा १५ जना वालवालिकालाई निशुल्क चश्मा वितरण गरेको कार्यक्रम संयोजक सावित्री भण्डारीले बताउनु भयो । कार्यक्रममा २२ जनाले नेत्रदान गरेको रणअम्विका शाह आखा अस्पताल भैरहवाका नेत्र बिशेष्ज्ञय अमर गौतमले जानकारी दिनु भयो ।

अभिषेक तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिकाका कार्यकारी अधिकृत रामप्रसाद सापकोटा, जीवलाल पराजुली, ऋषिराम सापकोटा, वासुदेव रिमाल, टिका गौतम, ईश्वरीप्रसाद ढुंगाना, रामबहादुर गुरुङ्ग, तेजु अर्याल लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रममा ग्रिनप्लान्ट आवासी माध्यमिक विद्यालय र जनप्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरुले विभिन्न नृत्यहरु प्रस्तुत गरेका थिए ।

युमना गैरेको स्वागत, सुमा ड्म्रेको धन्यवाद ज्ञापन र राजीव सापकोटाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %