एम्बुलेन्स अभियानका सह्योगीलाई सम्मान तथा नवौं अधिवेशन गर्दै

कृष्ण सारू मगर


Image may contain: text

दोहा-कतार, फेब्रुअरी १५ – खोटाङ्ग सेवा समाजले ” प्रदेशको पसिना स्वदेशको साकार सपना ” भन्ने मुल लक्ष्यका साथ आयोजना गरिएको एम्बुलेन्स अभियानका सह्योगीदाताहरूलाई निम्न मिति र स्थानमा सम्मान कार्यक्रम गर्ने भएको हो ।

मध्ये पुर्वीय राष्ट्र दोहा स्थित रोजगारीका शिलशलामा कर्मभुमि बनाउँदै रहनु भएका समस्त खोटाङ्गवासी आदरणीय दाजु-भाई तथा दिदी-बहिनीहरुले सदस्यता पत्र नविकरण तथा नयाँ सदस्यता पत्र बनाउन समेत खोटाङ्ग सेवा समाज परिवार सम्बन्धित सबैमा हार्दिक अनुरोध गरेको छ ।

सह्योगदाता, विभिन्न, संघ, संस्था, संगठनका प्रमुखमा प्राविधिक समस्याको कारण उक्त कार्यक्रमको निमन्त्रणा पत्र प्राप्त नभएको खण्डमा यसै सुचनालाई आधार मानि यहि आउँदो ३१ मार्च शुक्रबारका दिन दोहाको नज्मा स्थित अल नख्यान रेष्टुरेन्टको सभाहलमा नवौं अधिवेशन तथा सम्मान कार्यक्रमलाई सफल बनाउन गरिमामय उपस्थितिका लागि सादर निमन्त्रणा गरिएको सम्वन्धित सबैमा यो सार्वजनिक सुचना जारी गरेको छ ।

नोट: आवश्यक थप जानकारीका लागि पोष्टरमा उल्लेखित नं. मा संम्पर्क गर्नुहोस् ।