१४० औ लखन स्मृति दिवश पाल्पामा मनाईयो

Read Time:2 Minute, 24 Second

देव पचभैया


Image may contain: 3 people, people sitting, plant, tree and outdoor

पाल्पा, फागुन २ – नेपाल मगर संघ, पाल्पाको आयोजनामा १४० औ लखन स्मृति दिवश समारोह सम्पन्न भएको छ ।

तानसेन टुडिखेलमा अवस्थित प्रथम शहिद लखन थापा मगरको शालिकमा माल्यार्णपण गर्दै दिवस मनाईको मगर संघ पाल्पाका सचिब यस कुमार गरम्जाले जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि मगर संघका केन्द्रिय सदस्य बल बहादुर रानाले नेपालको प्रथम शहिद क्याप्टेन .लखन थापा मगरलाई राज्यले अवमूल्यन गरेको गुनासो गर्नुभयो । सरकारले अब प्रत्येक कार्यालयमा र सम्पूर्ण पार्टीहरूले पनि कार्यालयमा  लखन थापा मगरको फोटो राख्नुपर्नेमा रानाले जोड दिनुभएको छ ।

कार्यक्रममा मगर संघका पूर्ब केन्द्रिय सदस्य गम बहादुर थापा, संघका कानुनी सल्लाहकार दोलख रास्कोटी, सल्लाहकार टोप अस्लामी, नबिन थापा, मगर तानसेन नगर समितिका अध्यक्ष धन सिंह थापा, नेपाल मगर युवा संघ पाल्पाका सचिब लालमनि पुन, मगर महिला संघ, पाल्पाका अध्यक्ष प्रतिक्षा सिञ्जाली, मगर महिला संघका पूर्ब अध्यक्ष बिष्णुमाया थापा, मगर बिद्यार्थि संघ, पाल्पाका अध्यक्ष रूपा थापा, पाल्पा आवाशीय उच्च माबिका प्राचार्य एबं बुद्धिजिवी टिकाराम खाम्चा, कैलाश बसन्त मगर भेजाका टेक बहादुर राना मगर लगायतले राज्यले लखन थापालाई प्रथम शहिद घोषणा गरेपनि अझैपनि ब्यवहारमा सम्मान गर्न नसकेको बताएका छन् ।

मगर संघ पाल्पाका उपाध्यक्ष जहर सिंह सारूको स्वागत, सचिब राम बहादुर गरंजा (एसकुमार) को सञ्चालन र संघका अध्यक्ष बल बहादुर गाहाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %