सेन्टक्यापितानियोको कार्यक्रम सम्पन्न

Read Time:1 Minute, 28 Second

 

देव पचभैया

पाल्पा, फागुन २ – सेन्ट क्यापितानियो बोर्डिंग स्कुल तानसेनले आफ्नो १६ औ बार्षिक उत्सव तथा आठौ खेल दिवस मनाएको छ ।

शनिबार श्रीनगर डाडामा आयोजित कार्यक्रममा बिधालयलले पिटि, बिभिन्न खेलप्रतियोगिता एबं सास्कृतिक  कार्यक्रमको समेत आयोजना गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी संगिता रेग्मीले शान्तीका प्रतिक परेवा उडाएर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । बिधालय ब्यवस्थापन समितिका अध्यक्ष असोक कुमार साहीको अध्यक्षतामा भएको कार्यक्रममा प्रिन्सिपल सिस्टर एनिस् जोसेफले पाहुनाहरुको स्वागत गर्दे बिधालयको समग्र गतिबिधिका बारेमा जानकारी दिनुभएको थियो  ।


कार्यक्रममा प्याब्सनका केन्द्रिय सदस्य खेम सारु, तानसेन स्रोत केन्द्रका स्रोत ब्यतिm मिन प्रसाद ढकाल, शिक्षा कार्यालयका शाखा अधिकृत रेशम न्यौपाने लगाएतले बिधालयको प्रगतिको कामना गर्नुभएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %