देव पचभैया
पाल्पा, फागुन २ – साना किसान उद्यमी सवलीकरण परियोजना अन्तरगत सिलुवा गाविस पाल्पामा उपहार प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखा, हेफर इन्टरनेशनल नेपाल र सिलुवा गाविसको आर्थिक सहयोग तथा जिल्ला पशु सेवा कार्यालयको प्राविधिक सहयोगमा कार्यक्रम भएको हो । कार्यक्रमका प्रमुख अतिथि हेफर इन्टरनेशनल नेपालका कार्यक्रम निर्देशक डा. तीर्थराज रेग्मीले महिलाहरुको सशक्तिकरण आजको आवश्यकता रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल रेडक्रस कोसाइटी पाल्पाका सभापति बुद्धि प्रसाद शर्मा, पशु सेवा कार्यालयका डा. चन्द्र बहादुर राना, डिभिजन सहकारी पाल्पाका प्रमुख कृण्ण बहादुर बोहोरा, समाजसेवी भोग बहादुर थापा, रेडा पाल्पाका कार्यकारी निर्देशक लिला बहादुर कार्की, उपशाखा सभापति बाल कृष्ण पंगेनी, स्वास्थ्य चौकी प्रमुख दिपेन्द्र बिश्वकर्मा, स्थानिय दिनेश घिमिरे, कमला ढकाल , महिला समुहका प्रतिनिधि लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा शाखाका कार्यकारी अधिकृत बाबुराम कार्कीले प्रगती प्रतीवेदन प्रस्तुत गर्नु भएको थियो । परियोजना अनुगमन समितिकी अध्यक्ष एवं गा.वि.स सचिव रजनी भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा शाखाकी उपसभापति शोभा शाक्यले धन्यवाद व्यक्त दिनुभएको थियो भने पिनीसा पुलामीले कार्यक्रम संचालन गर्नुभएको थियो ।
