पाल्पाली समाजले गरे राष्ट्रिय कलाकारलाई सम्मान

कृष्ण सारू मगर



Image may contain: 8 people, people sitting

युएई, फेब्रुअरी १३ – ” एक्काइसौं शताब्दीको आवश्यकता सीप र ज्ञान ! युएईको माटो सुहाउँदो पाल्पालीको अभियान !!” भन्ने उद्धेश्यका साथ २०१५मा स्थापित पाल्पाली समाज युएईले ११ फेब्रुअरी शनिवारका दिन बरदुबई स्थित बाबरर्ची रेष्टुरेण्टको सभकक्षमा गृह जिल्लावासी कलाकार पुष्कल शर्मालाई भेटघाट तथा सम्मान गरेको छ ।

बौघा पोखराथोक ५ पाल्पाका राष्ट्रिय लोक तथा दोहोरी लोक गायक तथा मोडल पुष्कल शर्मा र गायिका अनुस्का थापा मगरलाई साङ्गितिक माध्यम द्वारा यो हाम्रो उथलपुथल सिङ्गो समाजलाई सु-सुचित गराउँदै कला तथा साङ्गितिक प्रगतिको शुभकामना दिँदै समाजले सम्मान गरेको हो ।

” सङीत झन्कार २०१७ ” कार्यक्रमलाई भब्य सफल बनाउन मातृभूमि नेपाल देखी पुष्कल शर्मा र युरोपको स्पेन बाट अनुस्का थापा मगर नेपाल कला साँस्कृतिक मंचको निमन्त्रणालाई स्विकार गरी युएईमा पुगेका हुन् ।

समाजका विभिन्न पद्धेन पधादिकारीहरूले क्रमशः मोडल तथा गायक पुष्कल शर्मा र गायिका अनुस्का थापा मगर द्वय कलाकारलाई पवित्र खादाले सम्मान गरे । शर्मा र मगर द्वयकलाकारलाई प्रमुख अतिथि, विषेश, अतिथि र सभापतिको सह्योगमा सम्मान पत्र प्रदान गर्दै समाजले सम्मान गरेको महासचिव वेद प्र.अर्यालले राज्यसत्तालाई बताए ।

प्रमुख आतिथि लुम्बिनी वेलफेर सोसाइटीका अध्यक्ष गीतामणि पाण्डे रहेका थिए । विशेष अतिथि पुष्कल शर्मा, अनुस्का थापा मगर, बिक्रम पौडेल रहेका थिए ।


Image may contain: 16 people, people standing and indoor

पाल्पाली समाजको यो सम्मान तथा कदरलाई सदैब सम्झि रहने बताएका शर्माले भने, म पाल्पाको ईज्जत, मान र शान हो । हामी कलाकार सिङ्गो राष्ट्रका गौरव हौँ । आदरणीय समस्त गीत, संगीत प्रेमी तथा शुभेच्छुकहरूको मायाँ, हौसला, सद्भाव र प्रेरणाको उपज हो । तथापि सबै कलाकार सर्वेसर्वा होइनन् । सुझव, सल्लाह प्रतिकृयाको पनि उत्तिकै आवश्यकता रहन्छ । उनले भने सफलता पाउन मार्ग निर्देशन रहने बताए ।

समाजकी केन्द्रीय उपाध्यक्ष समेत रहेकी महिला विभाग प्रमुख ओम कुमारी खाँण, सल्लाहकार कृष्ण आचार्य, गायक हरि डुम्रे, साँस्कृतिक मंचका अध्यक्ष हरी डाँगी, कलाकार समुहका अध्यक्ष बिक्रम पौडेल र प्रमुख अथिति गीतामणि पाण्डे, लगायत र आ-आफ्नो भनाई राख्दै शुभकामना दिए ।

विभिन्न संघ, संस्था, संगठनका प्रमुख तथा प्रतिनिधि, स्थानीय पत्रकारलाई अतिथि ग्रहण गराएको भेटघाट तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नरेन सापकोटाको स्वागत तथा महासचिव बेद प्र. अर्यालको संचालनमा सम्पन्न कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष खुम आले मगरले गरेका थिए ।