स्थानिय निकायका कर्मचारी आन्दोलित/सेवाग्राहीलाई समस्या

Read Time:2 Minute, 21 Second

 

देव पचभैया मगर


पाल्पा, फागुन २ – स्थानीय निकायका  कर्मचारी सङ्घको नेतृत्वमा  गाविस, नगरपालिका र जिविसको काम ठप्प भएपछि सेवाग्राही समस्यामा परेका छन् ।

जिल्ला विकास समिति, नगरपालिका तथा गाउँ विकास समितिले स्थानीय स्वायत्त शासन ऐनअनुसार भर्ना गरेका कर्मचारीहरूले अब गठन हुने स्थानीय तहको नेतृत्व गर्न पाउनुपर्ने भन्दै उनीहरुले आन्दोलन गरेका हुन् । सरकारले निजामती कर्मचारीलाई स्थानीय तहमा समायोजन गर्ने क्रममा स्थानीय तहका कर्मचारीलाई विभेद गर्न लागेको भन्दै आन्दोलनमा उत्रिएको कर्मचारी सङ्घका केन्द्रित सदस्य रामप्रसाद पाण्डेले जानकारी दिनुभयो । केन्द्रिय समितिको निर्देशन अनुसार सबै जिल्लामा आन्दोलन भैरहेको पाण्डेको भनाई छ ।

कर्मचारीले स्थानीय निकाय बन्द गरेर कामकाज ठप्प पारेपछि गाउबाट आएका सेवाग्राही भने घर फर्किनु परेको छ । स्थानीय निकायका कर्मचारीअन्तर्गत गाविसका प्राविधिक सहायक र कार्यालय सहायक तथा जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी, योजना अधिकृत, लेखा अधिकृत र एक लेखापालबाहेक बाँकी सबै कर्मचारी आन्दोलनमा छन् ।

कर्मचारीको आन्दोलनले तानसेन नगरपालिकाको काम पनि प्रभावित भएको छ । कार्यकारी अधिकृत अनिल पौडेललाई समेत कार्यालय प्रवेशमा रोक लगाएपछि दैनिक काम प्रभावित भएको उहाँले बताउनुभयो । गाविस सचिवहरूको हड्ताल सकिएको हप्ता दिन नहुदै स्थानीय निकायका कर्मचारीको आन्दोलनले दैनिक काम प्रभावित भएको छ भने सेवाग्राही मर्कामा परेका छन् ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %