नेप्लिज वेलफेयर सोसाइटीले बहराईनको ऐतिहासिक पुरातत्त्व भ्रमण गराउने

Read Time:2 Minute, 32 Second

कृष्ण सारू मगर


मानमा-बहराईन, फेब्रुअरी १२ – रोजगारीका शिलशिलामा बहराईन रहेका विभिन्न जातीय, वर्गीय, क्षेत्रीय, धर्मिक, तथा संस्कृतिक अवधारणा बोकी स्थापित सबै संघ, संस्था, संगठन संग समन्वय गरि विगत स्थापनाकाल देखि कर्मभुमिमा विविध समस्यामा परेकाहरूलाई उद्धार कार्यमा अहम भुमिका निर्वाह गरी समाजिक सेवा सह्योग पुर्याउदै आएको छ ।

मातृभूमि नेपालमा पनि विभिन्न प्राकृतिक आपत विपतमा परेका समाजलाई आर्थिक, भौतिक नैतिक सह्योग जुटाउन नेप्लिज वेलफेयर सोसाइटीले समस्त समाजसेवी बुद्धिजीवी तथा विभिन्न पेशा व्यावसायिक एवं आदरणीय नेपाली समुदाय बिच र आपसी सद्भावलाई मेलमिलाप गरी भातृत्व एकतालाई अझ मजबुद बनाउँदै लैजान अझ प्रभावकारी ढंगले अगाडि बढ्ने लक्षका साथ यो भ्रमण कार्यक्रमको आयोजना गरेको सोसाइटीका अध्यक्ष शालिकराम पन्तले बताए ।

स्रोतका अनुसार कर्मभुमी बहराईनका थानीय अनगिन्ती मौलिक, ऐतिहासिक प्राकृतिक, पुरातत्व तथा पौराणिक सम्पदा अवलोकन गराउनुका साथै, बस्तुका सम्बन्धमा ज्ञान विज्ञान एवं विविध जानकारी गराउने कार्यक्रमको लक्ष रहेकोले आदरणीय ईच्छुक महानुभावहरूले आ-आफ्नो सिट सुरक्षितका लागि पोष्टरमा उल्लेखित सम्पर्क नं- मा आवश्यक जानकारी प्राप्त गर्न सकिने सोसाइटीले जनाएको छ ।

यी महत्त्वपूर्ण दिनलाई बहराईनमा रहनु हुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई यस नेपाली समुदायहरु को एतिहासिक कार्यक्रम ” बहराइन भर्मण ” मा सहभागिता जनाउन समेत आयोजक समितिले सार्वजनिक सुचना जारी गरेको छ ।

नोट:- विस्तृत जानकारी लिनुका लागि पोस्टमा उल्लेखित छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %