राष्ट्रिय युवा मोर्चा केन्द्रिय समितिको छलफल सम्पन्न

Read Time:1 Minute, 40 Second

देब पचभैया


Image may contain: 8 people, people sitting

पाल्पा, फागुन १ – राष्ट्रिय जनमुक्ति पार्टीको जनसंगठन राष्ट्रिय युवा मोर्चा, केन्द्रिय समितिको भेटघाट एबं छलफल कार्यक्रम पाल्पाको तानसेनमा सम्पन्न भएको छ ।

मोर्चाको पाचौ केन्द्रिय महाधिबेशनलाई मध्यनजर गर्दे पार्टीका केन्द्रिय महासचिब केशव सुर्यबंशी, संघिय संचार बिभाग प्रमुख टोप अस्लामी, संघिय परिषद सदस्य हरिदेव थापा लगाएतको सहभागीतामा शुक्रवार र शनिवार भेटघाट एबं छलफल कार्यक्रम भएको केन्द्रिय सचिब लाल बहादुर गोतामेले जानकारी दिनुभयो । 

मोर्चाका उपाध्यक्ष ममता बुढाथोकीको अध्यक्षतामा बसेको बैठकले मोर्चाको पाचौ राष्ट्रिय महाधिबेशन पाल्पाको तानसेनमा सम्पन्न गर्ने निर्णय गरेको छ । युवा, देश निर्माणको मुल आधार भन्ने नाराका साथ आगामी चैत्रको २७ र २८ गते  महाधिबेशन गर्ने निर्णय भएको बुढाथोकीले जानकारी दिनुभयो ।

अधिबेशन सम्पन्न गर्न शंकर गाहाको संयोजकत्वमा ५१ सदस्सिय मुल आयोजक समिति गठन गरिएको र आवश्यक जिम्मेवारी बाडफाड गरिएको युवा मोर्चाले जनाएको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %