गोविन्द घर्ती

देवदह, माघ २९ – भुपु सैनिक कल्याण क्लव देवदह–भलुहीको ८ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।
क्लवका अध्यक्ष वीरबहादुर थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै वक्ताहरुले भुपुहरुले देशको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुर्याउन सफल भएको बताएका थिए । उनीहरुले भुपुहरुले समाज रुपान्तरण उदाहरणीय काम गरेको बताएका थिए ।
कार्यक्रममा पुर्व सैनिक महासंघ नेपालका कोषाध्यक्ष जीतबहादुर पाईजा, नेपाली काग्रेसका क्षेत्रीय सभापति हिराबहादुर खत्री, नेकपा एमालेका जिल्ला सदस्य ऋषिराम सापकोटा, भलुही बजार व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद सापकोटा, नेपाल मगर संघका सचिव जसु पुन लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रममा घैटो फोड, कुर्ची दौड, गुच्छा दौड, बोरा दौड लगायतका विभिन्न खेलकुद खेलाईएको थियो । त्यसैगरी कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
क्लवका उपाध्यक्ष चन्द्रबहादुर रसाईलीको स्वागत र सचिव निर्मल शाहनीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
