गोविन्द घर्ती

देवदह, माघ २९ – प्रथम सहीत लखन थापाको १ सय ४० औं स्मृति दिवस रुपन्देहीको बुटवलमा बृहत्त कार्यक्रम गरी मनाउने भएको छ ।
नेपाल मगर संघ जिल्ला समिति रुपन्देही र प्रथम सदीद लखन थापा अक्षयकोष–२०५६ रुपन्देहीको संयुक्त आयोजनामा स्मृति मनाउने भएको हो । संघले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिईएको हो । सो अवसरमा बोल्दै संघका केन्द्रिय भाषिक उपाध्यक्ष दलबहादुर विरकट्टाले सहीद लखन थापालाई नेपाल सरकारले प्रथम सहीद घोषणा गरेपनि व्यवहारमा उपेक्षा गरेको बताउनु भयो । उहाले प्रथम सहीदको स्मृति दिवसलाई सहीत सप्ताहको रुपमा मनाउनु पर्नेमा जोड दिनु भयो ।
सहीद सप्ताहमा प्रथम सहीद लखन थापाको विषयमा कही कतै उल्लेख नगरेको आरोप लगाउदै सहीदको मूल्यमान्यता भुलेको बताउनु भयो । उहाले फागुन २ गते प्रथम सदीद लखन थापालाई झुण्याईएको दिन भएकोले उक्त दिन राष्ट्रिय विदा घोषणा गर्नुपर्ने, राज्यले संचालन गरेको सहीद सप्ताह फागुन २ गतेलाई मान्यता दिनु पर्ने माग सहीद स्मृति दिवस मनाउने लागिएको बताउनु भयो । नेपालका प्रथम सहीद लखन थापाको जीवनी समावेश गरी शैक्षिक पाठ्यक्रम तयार गर्नुपर्ने लगायतको मागहरु रहेको पत्रकार सम्मेलन जानकारी दिईएको थियो ।
नेपाल मगर संघ रुपन्देहीका अध्यक्ष गीता सारुको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रथम सहीद लखन थापा अक्षयकोष २०५६ का अध्यक्ष माथवर सिं सलामीको धन्यवाद र संघका जिल्ला सचिव कमल थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
