संजय सिंजाली मगर

काठमाण्डौं, माघ २८ – राष्ट्रिय जनमुक्ति पार्टी आबद्ध राष्ट्रिय महिला मोर्चाको चौथो राष्ट्रिय महाधिबेशन सम्पन्न भएको छ ।
राप्ती अञ्चलको दाङ जिल्लाको तुल्सीपुरमा माघ २७, २८, २९ गते(२०७३) ३ दिन सम्म चलेको थियो ।
महिला मोर्चाको अध्यक्ष होमाया गुरुङको अध्यक्षयतामा महासचिव चन्दा थापाले कार्यक्रम सञ्चालन गरेको थिए । प्रमुख अतिथि पार्टीका महासचिव केशव सूर्यबंशले उद्धघाटन गरेका थिए ।
चन्दा थापाको नेतृत्वमा १७ सदस्य केन्द्रिय समिति चयन गरेको छ । कार्य समिति यस प्रकारको रहेको छ ।
अध्यक्ष – चन्दा थापा, रुपन्देही
सहअध्यक्ष – कमला देउजा, दाङ
उपाध्यक्ष – हरिकला चौलागाई, कैलाली
उपाध्यक्ष – लिलमाया राना, रुपन्देही
उपाध्यक्ष – मधुमालति बुढाथोकी, ललितपुर
महासचिव – गिता सारु, रुपन्देही
उपमहासचिव – ईन्द्रा दर्लामी, कपिलबस्तु
सदस्यहरु क्रमशः
मिनकुमारी पाटा, रुपन्देही
पम्पा नेपाली, दाङ
दिलु राई, सुनसरी
आन्नद जबेगु, झापा
पुर्नकला थापा, बांके
पष्पा शाही, बांके
उर्मिला उच्च नेपाली, दाङ
रति बुढा, सल्यान
बुद्धिसरा पुन, रोल्पा र
धर्मी खड्का, कैलाली सदस्यमा चयन भएका छन ।
(श्रोत : ममता बुढाथोकी मगरको फेसबुक बाट)
