पशुसेवा कार्यालय निर्माण गर्ने जग्गा विवादमा

Read Time:2 Minute, 54 Second

गोविन्द घर्ती


देवदह, माघ २६ – पशुसेवा कार्यालय निर्माण गर्ने जग्गा विवादको विषयमा बसेको सर्वपक्षीय छलफल कार्यक्रम विना निस्कर्ष सकिएको छ ।

स्थानीय राजनैतिक दलका प्रतिनिधि, जग्गा व्यवस्थापन समिति र कोलुवाका स्थानीयवासी वीच भएको भएको छलफल विना निस्कर्ष सकिएको हो । २०७१ सालको देवदह नगरपालिकाको नगर परिषदद्धारा देवदह–६, कोलुवा गाउको उत्तरमा रहेको सार्वजनिक जग्गामा पशुसेवा कार्यालयको भवन तथा पशु अस्पताल निर्माण गर्न दिने भनी पास गरिएको थियो । तर यता स्थानीयवासीले भने उक्त जग्गामा पुशसेवा कार्यालयको भवन निर्माण गर्न नदिने भएपछि विवाद निस्केको हो ।

विगत लामो समय देखि सामुदायिकमा आधारित पूर्व दैविप्रकोप समितिले उक्त जग्गा आफनो मातहतमा राखेर वृक्षारोपण गरी संरक्षण र सम्वद्र्धन गर्दै आएको छ । उक्त जग्गामा पार्क निर्माण, खेलकुद मैदान बनाउने भएकोले सो जग्गा नदिने स्थानीयवासीहरुको भनाई रहेको छ । उता राजनैतिक दलहरुले भने सहमति गरी विकास निर्माणका कामहरुलाई अगाडि बढाउनु पर्ने जनाएका छन् ।

सो जग्गामा पशुसेवा केन्द्रको भवन सहीत अस्पताल पनि निर्माण गर्ने भएकोले विकासका कामलाई कुनै वाधा पुर्याउन नहुनेमा जोड दिएका छन् । देवदह नगरपालिकाका कार्यकारी अधिकृत रामप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगर विकास समितिका अध्यक्ष डिल्लीराज मरासिनी, नेपाली काग्रेसका गुणखर भुर्तेल, नेकपा एमालेका प्रकाश अर्याल, माओवादी केन्द्रका मोतीलाल ढकाल, राप्रपाका ऋषिराम रेग्मी, क्रान्तिकारी माओवादीका ऋषिराम लामिछाने, राष्ट्रिय जनमोर्चाका हरी केसी, राष्ट्रिय जनमुक्ति पार्टीका डम्वरबहादुर थापा, टिकाराम चापागाई, लालबहादुर दर्लामी, कृष्णराज पौडेल लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।

छलफलमा स्थानीयवासीहरुले सो जग्गामा कुनै पनि हालतमा पशुसेवा केन्द्र बनाउन नदिनेमा जोड दिएका थिए ।
 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %