उपाध्यक्ष कमला थापा स्वदेश फिर्ता

 


Image may contain: 1 person, standing and shoes

बेलायत, फेब्रेरी ७ – राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष तथा प्रवास बिभाग प्रमुख श्रीमती कमला थापा दुई महिना लामो यूकेको बसाई पछि आज अपराह्न नेपाल फर्कनु भयो । पारिवारिक भेटघाट तथा प्रवास बिभागको जिम्मेवारीको शिलशिलामा यहा आउनु भएकी थापाको अधिकांश समय पार्टी संगठनको बिस्तार तथा विभन्न सामाजिक कार्यक्रमको दौड़धुप मै बितेको थियो ।




Image may contain: 2 people, people standing and outdoor

यूके को महिलाहरुलाई संगठित गरेर नेतृत्व तह सम्म ल्याउने उल्लेयखनिय भूमिका निर्वाह गर्नु भएकी थापाको दुई महीना बसाइको क्रममा वहॉले आदिबासी जनजाती महिला महासंघको अधिबेशन, यहाँ रहेका राष्ट्रिय जनमुक्ति पार्टीका संघिय परिषद सदस्य तथा संघिय महासभा सदस्यहरुको प्रमाणपत्र बितरण, पार्टीको स्थापना दिवस, आसन्न बिश्व जनमुक्ति मन्चको तयारी, नागरिक निरन्तरता अभियान, मगर बुद्ध समाजको बैठक, आदिबासी जनजाति महासंघको अन्तरक्रिया, संघिय गठबन्धनको साथ नेपाली राजदूताबासमा ज्ञापनपत्र बुझाउनेमा सरिक, मगर संघ कार्यक्रममा उपस्थिति तथा निर्देशन तथा सुझाव जस्ता दर्जनौ कार्यक्रममा नेतृत्वदायीं भूमिका निर्वाह गर्नु भएको थियो ।

Image may contain: 7 people, people sitting, table and indoor

केहि बर्ष यूके बसेर अन्ततः नेपालमै कर्मभूमि रोजेकी केन्द्रीय उपाध्यक्ष थापाको, जनमुक्ति मञ्च बेलायतले आरामदायी यात्राको साथ साथै वहाको सफल राजनीतिकों पनि कामना गर्दछ ।

जनमुक्ति मञ्च बेलायत