देब पचभैया
पाल्पा, माघ २५ – पाल्पाको दोभानमा भएको जिप दुर्घटनामा एकै गाउका चार मगरको ज्यान गएको छ । १६ जना घाईते भएका छन् ।
दोभान २ ज्यामिरेको बिहे बाट ज्यामिरे र डान्सिङ्कोटको मगरी पन्चेबाजाको समुहलाई लिएर झुम्सा तर्फ फर्किएको लु १ ज २६८९ नम्वरको जिप सोमवार बेलुकी १० बजे तिर ज्यामिरेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
दुर्घटनामा परि दोभान २ का ४९ बर्षिय हरी राना, ३० बर्षिय मिन बहादुर थापा, ४१ बर्षिय जसविर वाकावल र २६ बर्षिय यम बहादुर रानाको ज्यान गएको हो । घाईते १६ जनाको अंचल अस्पताल बुटवलमा उपचार भैरहेको छ । जिप सडक बाट झण्डै १५० मिटर तल खसेको स्थानियले बताएका छन् ।
