गोविन्द घर्ती
देवदह, माघ २३ – देवदह नगरपालिकाले स्वागत तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ । नवआगन्तुक नगरअधिकृत रामप्रसाद सापकोटालाई स्वागत तथा अधिकृत गणेश घिमिरेलाई विदाई गरेको छ ।
सो अवसरमा बोल्ने वक्ताहरुले अधिकृत घिमिरेले देवदहको विकासमा महत्वपूर्ण योगदान पुर्याउनु भएको हुदा आगामी दिनमा समेत सहयोग गर्न आग्रह गरेका थिए । उनीहरुले देवदह नगरपालिका चुनौती र संभावना भएको नगरपालिका भएकोले चुनौतीको सामना गरेर नगरको विकास गर्न नवआगन्तुक अधिकृत सापकोटालाई आग्रह गरेका थिए । नगरअधिकृत कर्मचारीको रुपमा नभई स्थानीयवासी भएर काम गर्न सक्नु पर्नेमा जोड दिदै नवआगन्तुक अधिकृत सापकोटालाई सोही अनुसार चल्न आग्रह गरेका थिए ।
अधिकृत रामप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अधिकृत गणेश घिमिरे, देवदह नगरविकास समितिका अध्यक्ष डिल्लीराज मरासिनी, नेपाली काग्रेसका वासुदेव रिमाल, नेकपा एमालेका प्रकाश अर्याल, माओवादी केन्द्रका कृष्ण ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका ऋषिराम रेग्मी, नया शक्ति पार्टीका तेजलाल डुम्रे, क्रान्तिकारी माओवादीका ऋषिराम लामिछाने, राष्ट्रिय जनमोर्चाका हरी केसी, राष्ट्रिय जनमुक्ति पार्टीका डम्वरबहादुर थापा, देवदह स्वास्थ्य चौकीका जयकिशन अधिकारी, प्रशासकीय अधिकृत गंगाप्रसाद पन्थी लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।
सोही कार्यक्रममा नेकपा एमाले, देवदह कर्मचारी एशोसियसन, स्थानीय शान्ति समिति, केरवानी र देवदह स्वास्थ्य चौकीले समेत संयुक्त रुपमा स्वागत तथा विदाई गरेका थिए । मित्रबहादुर थापाको स्वागत र विष्णुप्रसाद वस्यालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
