रूद्र श्रीसमगर
घिरिङ, माघ २२ – नेकपा (माओवादी केन्द्र) तनहुँले आफ्नो संगठन विस्तार तथा सुदृढीकरण अभियानलाई जारी राखेको छ ।
सोही क्रममा शनिबार भएको प्रस्तावित घिरिङ गाउँपालिकाको भेलाले हरिहर अधिकारी ‘स्टार’को संयोजकत्वमा घिरिङ गाउँपालिका सम्मेलन आयोजक समिति चयन गरेको छ । जसको सह–संयोजकमा डम्बरसिंह थापा चयन हुनुभएको छ भने विभिन्न नौ वटा वडा संयोजकहरू समेत चयन भएका छन् । जसमा वडा नं. १ को संयोजकमा विक्रम नेपाली, २ मा डम्बरसिंह थापा, ३ मा गुमबहादुर थापा, ४ मा दिलबहादुर नेपाली, ५ मा गमबहादुर थापा, ६ मा राजु परियार, ७ मा हिराबहादुर विक, ८ मा भुवन विक र ९ मा झुलकुमार श्रेष्ठ संयोजक हुनुभएको छ ।
त्यसैगरी, एकीकृत दलित राष्ट्रिय मुक्ति मोर्चा नेपाल घिरिङ गाउँपालिका संयोजकमा बुद्धिबहादुर विक, अखिल (क्रान्तिकारी)मा राजु परियार, अनेमसंघ (क्रान्तिकारी)मा जमुना थापा र रुक्मा श्रेष्ठ, मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालमा तुलबहादुर थापा र सोमबहादुर थापा, नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपालमा चुननारायण श्रेष्ठ, योङ कम्युनिष्ट लिग (वाईसीएल)मा प्रेम गौचन, सह–संयोजकमा थमनसिंह राना चयन हुनुभएको छ । त्यस्तै, भेलाबाट विद्यमान साभुङ भगवतीपुर गाविस संयोजकमा भुवन विक र सह–संयोजकमा गोविन्द काफ्ले चयन हुनुभएको छ ।
यसअघि, भेलाको उद्घाटन गर्दै नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सचिवालय सदस्य एवं तनहुँ जिल्ला इञ्चार्ज हरिबहादुर चुमान ‘अजित’ले एमालेले कम्युनिष्टको खोल ओढेर दक्षिणपन्थी बाटो समातेको आरोप लगाउनुभयो । संविधान संशोधन गरी सर्वस्वीकार्य बनाउनुपर्ने आवश्यकता औंल्याउँदै नेता अजितले संशोधन गर्नै नहुने अडान राख्नु अतिवादी सोंच भएको उल्लेख गर्नुभयो ।
सो अवसरमा पार्टीका केन्द्रीय सदस्य ओमराज आले ‘मदन’, केन्द्रीय सदस्य एवं घिरिङ गाउँपालिका इञ्चार्ज अमृत सिग्देल, केन्द्रीय सदस्य विष्णु खत्री, एकीकृत दलित राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य कृष्णलाल विक, अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य विवेक थापालगायतले आगामी स्थानीय तहको चुनावमा माओवादी केन्द्रलाई एक नम्बर बनाउन सिंगो पार्टी पंक्ति एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याउनुभएको थियो ।
