हङकङमा नेपालीहरुले मुघ्ध ध्यान गर्दा चेतना गुमाए !

Read Time:3 Minute, 51 Second

चन्द्र मादेन ‘आन्छन’ 

 


Image may contain: 8 people, people standing, suit and wedding

हङकङ, जनवरी ३० – स्थानीय  चुनमुनको सभाहल स्थित हेभेन्ली पाथ हङकङको आयोजनामा वृहत सायाङ्मी ध्यान (एन्जलीक मेडिटेशन) सम्पन्न  भएको छ ।

उक्त संस्था प्रेमवादका प्रतिपादक दार्शनिक, गुरु गड्यान्जल, ॐमनन्दद्वारा दुईसय भन्दा वढि उपस्थित जनसमुदायहरुलाई ध्यानमा वस्दा हुने फाईदावारे प्रष्ट पार्नुहुदै झण्डै दुई घण्टा आँखा चिम्लिएर स्वर्ग र अनन्त संसारको अनुभूति गराउनु भएको थियो जस्लेगर्दा डेण् दर्जन जति महिला र पुरुषहरु ध्यानको गहिराहीमा लिप्तभै केहिक्षण मस्तिष्कको चेतना गुमाएकाहरुलाई गुरु स्वयंवाटै मन्त्रोंचारण गरि आर्शिष दिनुभएर होसमा ल्याउनु परेको थियो । ध्यान पश्चात गीतकार, संगीतकार र गायक तीनै कुराका माहिर गुरु गड्यान्जलले केहि वंहाका एलवम र केहि चाँहि नँया सृजनाका कोशेली प्रत्यक्ष  पस्किनु भएको थियो, जुन गीतहरुले अधिकांश दर्शकहरु तल्लिन भएर नृत्यमा भरपूर  रमाएका थिए । त्यस्तै नेपालवाटै आउनुभएका अर्का प्रतिभा यूवा गायक सुरविन राईको नेतृत्वमा  स्थानीय कलाकार डोलमान लिम्वु, सेलमिका लामा, मेनुका राई र कल्पना राईले मन्त्रमुघ्ध भजन प्रस्तुत गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष नैनकला तामाङको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा ईसाई, हिन्दु, बुद्धिष्ट, किरात आदि विभिन्न धर्मावलम्विहरुको नौ वर्षको किशोर वालक देखि नव्वे वर्षको वृद्ध र  विभिन्न प्रतिष्ठित वौद्विक व्यक्तित्वहरु सम्मले सायाङ्मी ध्यान, प्रवचन र सुमधुर संगीतको रसस्वादन गरेका थिए । ध्यान र संगीत पश्चात् कमीलाका ताँतिझैं लाईनका उपस्थित महानुभावहरुलाई परम गुरुवाट आर्शिवाद दिनुहुदै मायाको चिनो ध्वजा(डोरी) पहिर्याई दिनुभएको थियो ।

चार घण्टा सम्म निरन्तर चलेको उक्त कार्यको उद्घोषक संस्थाका महासचिव चन्द्र मादेन आन्छनले गरेका थिए । अन्त्यमा अध्यक्ष नैनकला तामाङद्वारा यातायात, खाजापानी, सभाहल आदिमा आर्थिक  प्रायोजन गर्नुहुने, उपस्थितहरु र प्रत्यक्ष अप्रत्यक्ष सहयोगी सवै प्रति हार्दिक कृतज्ञता व्यक्त गर्नु हुदै कार्यक्रमको विसर्जन भएको घोषणा गर्नुभएको थियो ।
                         
स्मरणीय रहोस : गुरु ओमनन्द गड्यान्जलद्वारा विश्व व्रमाण्ड, जगत जीवन दर्शनका पुस्तक र अन्य सृजनाहरु नेपाली र अग्रेजीमा गरि झण्डै एक दर्जन लेखिएको छ भने, हेभेन्ली निर्भाणा पाथ, प्रेमवादी संस्था नेपाल केन्द्र लगायत शाखाहरू झन्डै तीन दर्जन जिल्लाहरुमा र प्रवासका दुई दर्जन वढि राष्ट्रहरुमा सकृय रुपले अगाडी वढिरहेको छ  ।।।।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %