गोबिन्द घर्ती मगर
माघ १६ । तेस्रो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०७३ को चौथो दिन सहीदहरु प्रतिको सम्मान सहित विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् ।
जस अन्तर्गत सहीदहरु प्रति सम्मान गर्ने गरी डान्सिङ आईडलका नृत्य प्रतियोगिता महोत्सव सम्पन्न गर्न खटीरहदा अज्ञात समुहको गोली प्रहारबाट निधन भएका स्व दुर्गा तिवारी प्रति मौनधारण तथा शोकसभा गर्दै शुरु भएको कार्यक्रममा राष्टिय कलाकारहरु शिरिस देवकोटा, क्षितीज गुरुङ, नारायण सारु, नविन पौडेल (मुस्कान), वाल कलाकार अनुभव अर्याल, हास्य कलाकार विष्णुजी पाण्डे (माहिला बा), स्थानीय क्रस व्याडले समेत आफनो प्रस्तुती राखेको थिए । त्यसैगरी पिपरहिया थारु सांस्कृतिक क्लवका कलाकारहरुले थारु संस्कृति झल्कने विभिन्न नृत्यहरु प्रस्तुत गरेका थिए ।
महोत्सवमा कृषि पेविलियन अन्तर्गत वल्छीद्धारा माछा मार्ने, देवदहमा पहिलो पटक उत्पादीत गोवरे च्याउका विभिन्न परिकारहरु उपलव्ध थिए । त्यसैगरी सांस्कृति खाना तथा खाजाको स्टलबाट थारु तथा मगर संस्कृति झल्कने सांस्कृतिक खानाहरु आकर्षणको रुपमा देखिएका थिए । देवदहको पर्यटन प्रवर्धनका निम्ति योग्दान पुग्ने गरी देवदह क्षेत्रका ऐतिहासिक स्थलहरुको फोटो प्रदर्शनी, विभिन्न वाल उद्यानहरु तथा देवदह मै उत्पादीत कृषि उत्पादनको प्रदर्शन तथा विक्रि कार्यपनि महोत्सवको आकर्षणको रुपमा रहेको थियो । देवदहको ऐतिहासिक पाकरी वृक्षको प्रतिकात्मक बृक्ष तयार गरी देवदहको पहिचानलाई उजागर गर्ने महोत्सवले प्रयास गरेको थियो ।
विभिन्न गुणस्तरीय होटल तथा रेष्टुरेष्टहरुले खाना तथा खाजा विक्रि वितरण गरेको मूल आयोजक समितिका सदस्य होमनाथ भट्टराईले बताए । महोत्सवमा स्वदेशी तथा विदेशी उत्पादनहरुको प्रदर्शन तथा विक्रि वितरणको व्यवस्था गरिएको थियो । महोत्सवको आकर्षणको रुपमा नेपालमै पहिलो पटक हास्य व्याङ्ग प्रतियोगीताको आयोजना गरिएको सांस्कृतिक उपसमितिका संयोजक तेजु अर्यालले बताए । त्यसैगरी केरा तथा च्याउबाट बनेको परिकारहरु पनि महोत्सवमा दर्शकहरुको रुचिको विषय बनेको थियो ।
विभिन्न सांस्कृतिक कार्यक्रम संगै उपभोग्य वस्तुको खरीद विक्रिले दर्शकहरुलाई आकर्षित तुल्याएको मूल आयोजक समितिका संयोजक कोष बहादुर गुरुङले बताए । त्यसैगरी महोत्सव स्थलमा ट्राफिक सचेतनाको डेमो संचालन गरेको थियो । विशेष गरेर युवा युवतीलाई सुरक्षीत सवारी चलाउन प्रोतसाहन गर्न ट्राफिक सचेतना बृद्धि विकास गर्ने तिव्रगतिमा सवारी चलाउन नियन्त्रण गर्ने उदेश्यका साथ ट्राफिक सचेतना कार्यक्रम गरेको देवदह ट्राफिक प्रहरी छविलाल पोखरेलले जानकारी दिए ।
त्यसैगरी माघ १७ गते पाचौ दिन चर्चित गायक राज सिग्देल, विरेन्द्र अग्रहरी, हास्य कलाकार दिनेश काफ्लेले तथा स्थानीय कलाकारहरुले प्रस्तुती दिने आयोजकले जनाए । आजको प्रदर्शनीमा २५ हजार भन्दा बढि दर्शकले महोत्सव अवलोकन गरेको टिकट व्यवस्थापन उपसमितिका संयोजक विष्णु ज्ञवालीले बताए ।
