रूद्र श्रीसमगर

पोखरा, माघ १४ – नेपाल मगर सांस्कृतिक संघ कास्कीको आयोजनामा बृहत मगर कलाकार भेला तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ ।
बिहीबार शान्ति वनबाटिकामा आयोजित कार्यक्रममा कास्की जिल्लामा क्रियाशील मगर कलाकारहरूको सहभागिता रहेको थियो । सो अवसरमा कलाकारहरूले आ–आफ्नो सांगीतिक प्रस्तुतीसहित नाचगान र खानपानमा रमाए ।
कार्यक्रममा नेपाल मगर सांस्कृतिक संघका केन्द्रीय सदस्य पदम थापामगर, मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालका वरिष्ठ उपाध्यक्ष बालकृष्ण काउछामगर, नेपाल मगर संघ कास्कीका कोषाध्यक्ष कुमार थापामगर, आदिवासी जनजाति युवा महासंघ नेपालका उपाध्यक्ष रामबहादुर थापामगर, नेपाल मगर पत्रकार संघका उपमहासचिव रूद्रबहादुर श्रीसमगर, नेपाल मगर महिला संघ कास्कीकी अध्यक्ष फूलकुमारी थापामगर, रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र, मालेपाटन, पोखराका समाचार सम्पादकद्वय हर्क आलेमगर र खेम सारूमगर, नेपाल मगर सांस्कृतिक संघ तनहुँका अध्यक्ष अनुराग थापामगरलगायतको उपस्थिति रहेको थियो ।
सोही अवसरमा दक्षिण कोरियाको कार्यक्रम सकेर नेपाल फर्कनुभएका चर्चित लोक तथा दोहोरी गायक कुमार पुनमगर एवं हङकङको कार्यक्रम सकेर फर्किनुभएका पत्रकार रूद्र श्रीसमगर र लोक तथा दोहोरी गायिका चिना थापामगरलाई स्वागत एवं सम्मान गरिएको थियो ।
नेपाल मगर सांस्कृतिक संघ कास्कीका अध्यक्ष दीपक थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सुरज थापामगर र उपाध्यक्ष सरिता थापामगरले स्वागत गर्नुभएको थियो ।
