क्होइबो धिं निर्माणका लागि चलचित्र ‘भेडी गोठाले’को च्यारिटी शो गरिने !

Read Time:4 Minute, 24 Second

रुद्र श्रीसमगर


Image may contain: 2 people, people standing

बेंशीसहर, माघ १४ – तमु प्ये ल्हु संघ जिल्ला कार्यसमिति, लमजुङद्वारा क्होइबो धिं निर्माण सहयोगार्थ गुरुङ संस्कृतिमा आधारित चलचित्र ‘क्यु प्ह्रो छे’ अर्थात् ‘भेडी गोठाले’को च्यारिटी शो गरिने भएको छ ।

शुक्रबार बेंशीसहरमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार आगामी फागुन ७ गते बेंशीसहरस्थित अन्नपूर्ण चलचित्र मन्दिरमा सो चलचित्रको च्यारिटी शो गरिन लागिएको हो । मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.को पहिलो प्रस्तुती रहेको सो चलचित्रको विशेष प्रदर्शनबाट प्राप्त हुने सम्पूर्ण आम्दानी क्होइबो धिं निर्माणका लागि खर्च गरिने मिलन डी.जी. इन्टरनेशनल प्रा.लिकी प्रबन्ध निर्देशक एवं चलचित्रकी निर्मात्री देउकी सिंजाली ‘दिपिका मिलन’ले जानकारी दिनुभयो ।

‘हामीले व्यवसायिक हित मात्र नभएर सामाजिक कार्यमा समेत केही गरौं भनेर यो च्यारिटी शो गर्न  लागेका हौं’, निर्मात्री सिंजालीले भन्नुभयो, ‘चलचित्र प्रदर्शनबाट प्राप्त भएको रकम क्होइबो धिं निर्माणमै खर्च गरिनेछ ।’ तमु प्ये ल्हु संघ लमजुङसँगको सहकार्यमा तमु (गुरुङ) समुदायको संस्कृतिमा आधारित चलचित्रको च्यारिटी शो गर्न पाउनु खुशीको कुरा भएको बताउँदै सिंजालीले चलचित्र प्रदर्शनबाट प्राप्त आम्दानीले क्होइबो धिं निर्माणमा सानै भएपनि महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । गुरुङ समुदायमा भेडी गोठको महत्व, परदेशिनुको पीडासहित प्रेम कथालाई चलचित्रमार्फत् देखाउन खोजिएको सिंजालीले जानकारी दिनुभयो ।

Image may contain: 4 people, people standing


सो अवसरमा तमु प्ये ल्हु संघ प्रवास शाखा कतारका सल्लाहकार आश तमु, मिलन डी.जी. इन्टरनेशनल प्रा.लिका मिडिया संयोजक रूद्रबहादुर श्रीस र चलचित्रकी नायिका खुशी तमुस्योले चलचित्र प्रदर्शनबाट क्होइबो धिं निर्माणका लागि महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । सो चलचित्रको कार्यकारी निर्माता दुर्गा गुरुङ ‘मिलन’ (हङकङ) हुनुहुन्छ भने अन्य निर्माता एवं निर्मात्रीहरूमा विक्रम गुरुङ (हङकङ), विजया गुरुङ (हङकङ) र देउकी सिंजाली ‘दिपिका मिलन’ रहनुभएको छ ।

पूर्वी लमजुङका पर्यटकीय गाउँहरू भारते र इलमपोखरीमा सम्पूर्ण छायाड्ढन गरिएको सो चलचित्र २० लाख रुपैयाँको लगानीमा निर्माण गरिएको निर्मात्री देउकी सिंजाली ‘दिपिका मिलन’ले जानकारी दिनुभयो । सुवास गुरुङको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा राजेश गुरुङ, अस्मी गुरुङ, सुवास गुरुङ, गौरी गुरुङ, खुशी गुरुङ, दुर्गा गुरुङ ‘मिलन’, मेघराज गुरुङलगायतको अभिनय रहेको छ । आगामी फागुन ७ गते बेंशीसहरको अन्नपूर्ण चलचित्र मन्दिरमा सो चलचित्र बिहान ११ बजे, २ बजे र ५ बजे गरी तीन शो देखाइनेछ भने टिकट दर २ सय र ५ सय रुपैयाँ राखिएको छ ।

तमु प्ये ल्हु संघ लमजुङका अध्यक्ष क्या. मिलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव शेष गुरुङ र उपाध्यक्ष कुमबहादुर गुरुङले स्वागत गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %