संजय सिंजाली मगर

काठमाण्डौं, माघ १४ – राष्ट्रिय जनमुक्ति पार्टीले बिश्व सम्मेलन काठमाण्डौंमा गर्ने भएको छ ।
पार्टीको संघीय परिषद दोस्रो बैठकले यस्तो निर्णय गरेको हो । बैठकले पार्टीका बरिष्ठ उपाध्यक्ष क्या. यम ब. बुढाथोकी लाई संयोजक तोकेको छ । सम्मेलन लाई सफल पार्न पार्टीमा रहेको सबै बिभागीय प्रमुख, भातृ संस्थाहरु, जन बर्गिय संगठन र बिदेशमा रहेका जनमुक्ति मञ्चका अध्यक्षहरु गरि १०० जनाको मुल तयारी समिति र १५ जनाको सचिवालय समिति समेत निर्माण गरेको छ ।

सम्मेलन संयोजक तथा पार्टीका बरिष्ठ उपाध्यक्ष क्या. यमबहादुर बुढाथोकी मगरको अध्यक्षतामा माघ १३ गते पार्टी कार्यलय धोविघाटमा सचिवालयको पहिलो बैठक बस्यो । बैठकमा पार्टी अध्यक्ष केपी पालुङ्गा, कोषध्यक्ष डब गर्वुजा, नेवा प्रदेश ईन्र्चाज तथा पार्टी उपाध्यक्ष बाबुकाजी मर्हजन, पार्टीका सचिवहरु बलदिप राई, गंगा खासु, पदम जवेगु, संघीय परिषदका सदस्यहरु क्या. देउबहादुर राना मगर, हुम ब. थापा मगर, डिके सूर्यबंशी मगर, केवि पुन, होमलाल पुन मगर, काठमाण्डौं जिल्ला समितिका अध्यक्ष होम गुरुङ, नेवा राज्य परिषदका अध्यक्ष एस.के मर्हजन, संघीय महासभा सदस्य सुनिता आले र बैकल्पीक केन्द्रिय सदस्य रवि बुढा मगरको उपस्थित थियो ।

बैठकले विभिन्न निर्णयहरु परित गरेको छ । बिश्व सम्मेलनमा भाग लिन आउने पार्टीका प्रतिनिधीहरुले (क) आ-आफ्नो देशको झण्डा/ब्यानर ल्याउनु पर्ने (ख) संम्बन्धीत देशको समितिमा पास गराई प्रतिबेदन ल्याउनु पर्ने छ । (ग) सम्बन्धीत देशको शासन प्राणाली राजनैतिक पार्टी धर्म र संस्कृती समेत प्रतिबेदनमा उल्लेख गरेको हुनुपर्ने ।
जनमुक्ति पार्टी बिश्व सम्मेलनमा पार्टीको तर्फबाट महासचिवले कार्यपत्र प्रस्तुत गर्ने छन् । बिश्व सम्मेलन फाल्गुन २३ गते काठमाण्डौंको खुल्ला मञ्चमा उद्धघाटन गर्न पूर्व पार्टीको ७५वटै जिल्ला वाट उपस्थित भएका दशौं हजार नेता, कार्यकर्ता द्धारा बिशाल र्याली रत्न पार्क, सुनधारा हुदैं खुल्लामञ्चमा पुगी आमसभा परिणत हुनेछ ।
जनमुक्तिको बिश्व सम्मेलनमा करिब एक करोड ५० लाख खर्च हुने बैठकले निश्कर्ष निकालेको छ । राष्ट्रिय जनमुक्तिको यस सम्मेलनमा राजधानीमा एउटा शक्ति प्रर्दशनकै रुपमा प्रस्तुत हुने र बैकल्पिक शक्तिको निर्माण गर्ने जनाएको छ ।
