मिस तामाङ्गको उपाधी दिप्तीलाई !

मनोज घर्ती मगर


Image may contain: 3 people, people smiling, people standing

पोखरा, माघ १२ – ‘मिस तामाङ्ग पोखरा २०१७’ को उपाधी सिम्पानी पोखराकी दिप्ती गोम्जा तामाङ्गले जितेकी छिन् ।

“तामाङ्ग समुदाय समृद्ध समुदायका रुपमा चिनिन्छ । परिभाषित गर्नुहोस् ?” भन्ने साझा प्रश्नको उत्कृष्ट जवाफ दिंदै दिप्तीले उपाधि जितेकी हुन् । उनले मिस ट्यालेण्टको सवटाइटल पनि जितिन् ।

२८५३ औं सोनाम ल्होछारको अवसरमा बैदाम तामाङ्ग सेवा समाजले गरेको प्रतियोगितामा लेखनाथकी सीता तामाङ्ग मिस ब्युटिफुल विथ परपोजको सवटाइटलसँंगै फस्ट रनरअप भइन् । मालेपाटनकी अरुणा लामा मिस कन्फिडेण्टको सवटाइटलसँगै सेकेण्ड रनरअपको बनिन् भने पब्लिक च्वाइस अवार्ड लेखनाथकी मञ्जु तामाङ्गले बाजी मारिन् ।

विजेता उपविजेता तथा पब्लिक च्वाइसले क्रमश एन आइ सि एशिया बैंकको तर्फबाट २५ हजार, १५ हजार, १० हजार तथा ७ हजार ५ सय रुपैंयाँ पुरस्कार पाए । विजेताहरुलाई एनआइसी एशियाका क्षेत्रिय प्रबन्धक दिपेन्द्र शर्माले चेक हस्तान्तरण गरेका थिए । बिजेता तथा उपबिजेताहरुले फेशन डिजाइनिङ्ग तथा मण्टेश्वरी तालिमका छात्रबृत्ति पुरस्कार पाएका छन् ।

प्रतियोगितामा रिमा तामाङ्ग मिस ब्युटिफुल, सृष्टि लामा मिस बेस्ट पर्फमर, जीता लामा मिस बेस्ट स्माइल, बाल्पा तामाङ्ग मिस बेस्ट स्किन, संगीता तामाङ्ग मिस बेस्ट वाक, प्रिया तामाङ्ग मिस फोटोजेनिक, पुनम तामाङ्ग मिस फ्रेण्ड्ली, जगनकुमारी तामाङ्ग मिस कल्चर तथा अञ्जली लामाले मिस बेस्ट पर्सनालिटीको सवटाइटल जितिन् ।