नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोजिन)को प्रेस बिज्ञप्ती, १२ माघ २०७३ !

Read Time:1 Minute, 40 Second

 

Image may contain: text
 



नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)ले सवै जिल्लामा अधिवेशन यही माघ २५ गतेदेखि २५ चैत ०७३ भित्र सम्पन्न गर्ने निर्णय गर्यो । केन्द्रीय कार्य समितिको काठमाडौं बुधवार बसेको आठौं पूर्ण बैठकले सो निर्णय गरेको हो । बैठकले नेपाल पत्रकार महासंघको आगामी बैशाखमा हुने २५औ महाधिवेशनका लागि पूर्ण समावेशी सिद्धान्तका आधारमा फोनिजका सदस्यहरुलाई समेत केन्द्रीय पार्षद्मा छनौट गर्न नेपाल पत्रकार महासंघसँग माग गर्ने निर्णय गरेको छ । साथै महासंघको जिल्ला, प्रतिष्ठान, एशोसियट, उपत्यका र कर्णाली क्षेत्रको अधिवेशनमा फोनिजको तर्फबाट उम्मेदवार बन्ने पत्रकारहरुलाई बिजय गराउन सम्वद्ध सवै पक्षसँग पहल गर्ने निर्णय गरेको छ । बैठकले पत्रकारको सुरक्षाको साथै प्रेस र नागरिक स्वतन्त्रताको रक्षा गर्न सरकारसँग माग गरेको छ । यसैगरी जनसंख्याको करिब ३७ प्रतिशत रहेको आदिवासी जनजाति समुदायका पत्रकारहरुको एकमात्र छाता संगठन फोनिजका लागि कुनै बजेट बिनियोजन नगरिएकोमा सरकारको ध्यानाकर्षण समेत गरेको छ ।

महासचिव
गजुरधन राई
फोनिज

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %