खुर्पेटो हेर्न दर्शकको भिड !

मनोज घर्ती मगर


Image may contain: 8 people, people sitting

पोखरा, माघ १२ – मगर कथामा आधारित नेपाली फिल्म ‘खुर्पेटो’ र्हेर्न दर्शकको भीड लाग्यो ।

नेपाल मगर विद्यार्थी संघ तनहुँको आयोजनामा शनिबार दमौलीको मनकामना चलचित्र मन्दिरमा प्रर्दशन भएको फिल्म हेर्न तनहुँका विभिन्न गाउँगाउँबाट दर्शक दमौली आएका थिए । मगरको पहिचान मानिएको चिन्ह खुर्पेटोलाई मुख्य विषयबस्तु बनाइएको फिल्म हेर्न दर्शकहरु उत्साहित भएको फिल्मका निर्देशक विश्वास मगरले बताए । २५ लाखमा बनेको फिल्मलाई देश विदेशका विभिन्न भागमा प्रर्दशन गर्ने तयारी गरिरहेको निर्देशक मगरले जानकारी दिए ।

मिफ्रुङ्ग फिल्मस् प्रोडक्सन् प्रालिको पहिलो प्रस्तुती ‘खुर्पेटो’ फिल्म चलचित्रको विश्वास मगरको लेखन तथा निर्देशन र राजेन्द्र आले (तुल)को निर्माण रहेको छ । फिल्म नेपालका प्रथम शहिद लखन थापाको जन्मस्थान गोरखाको काउलेमा धैरै भाग छाँयांकन गरिएको छ ।

भिम रानाको कथा रहेको फिल्ममा सुजन थापा, चर्चित गायिका मुना थापा, बिना थापा, टीका आले, शोभा आले, राजु आले, संजय बूढाथोकी, राजन थापा, सल्मा पुन, बबिता आले, संगिता थापाको अभियन रहेको छ । फिल्मलाई राहुल राईले खिचेका हुन् भने चित्र मास्कीको कोरियोग्राफी छ ।