रुपन्देहीको देवदहमा माटो परिक्षण कार्यक्रम सम्पन्न !

Read Time:1 Minute, 29 Second

 

गोविन्द घर्ती

देवदह, माघ ११ – रुपन्देहीको देवदहमा माटो परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल अविनास सामाजिक सेवा संस्थाको आयोजना, जिल्ला कृषि विकास कार्यालय रुपन्देहीको प्राविधिक सहयोग र देवदह कृषक समुहको व्यवस्थापनमा उक्त माटो परिक्षण कार्यक्रम सम्पन्न भएको हो । माटोमा पोशक तत्व र खाद्य पदार्थको अवस्था बुझ्नको लागि माटो परिक्षण कार्यक्रम राखिएको देवदह सेवा केन्द्रले जनाएको छ । माटोमा पोशक र खाद्य पदार्थको कमी भएमा वाली उत्पादनमा कमी आउने भएकोले बेलाबेलामा माटो परिक्षण गर्नुपर्ने कृषिसेवा केन्द्र देवदहका ईन्चार्ज रामनारायण चौधरीले बताउनु भयो । परिक्षणमा देवदह क्षेत्रका करिव १ सय भन्दा बढि कृषिकहरुले ल्याएको माटो परिक्षण गरिएको थियो । माटो विज्ञ असुलीकुमार शर्माले शिविरमा माटो परिक्षण गर्नु भएको थियो ।

देवदह कृषक समुहका अध्यक्ष चक्रपाणी न्यौपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %