मगर संघले माघे सकराटीलाई भब्य मनाए !

कृष्ण सारू मगर

Image may contain: 4 people, people standing

युएई, जनवरी २३ – नेपाल मगर संघ शाखा युएईले २२ जनवरी शुक्रबारका दिन युएई स्थित दुबईको क्रुईसमा मगर समुदायको प्रमुख चार्ड (सार ल्हेस) साँस्कृतिक पर्व “माघ्या सकराटी” २०७३ कार्यक्रमका प्रमुख आतिथि अन्तराष्ट्रिय मगर मञ्चका सदस्य गिरमान थापा मगर रहेका थिए ।

संघका वरिष्ठ उपाध्यक्ष उपेन्द्र राना मगरले माघे सकराटी राष्ट्रिय पर्वको विशेषता र महत्त्वका बारेमा प्रष्टाउँदै स्वागत मन्तब्य राखेका थिए ।

कार्यक्रमको संचालन महासचिव हर्क ब.थापा मगरको संचालनमा सम्पन्न मगर समुदायको प्रमुख चार्ड (सार ल्हेस) पर्व “माघ्या सकराटी” लाई आपसमा शुभकामना आदान-प्रदान गरि मनाएको कार्यक्रमका सभापतित्व संघका अध्यक्ष राजु सिंजाली मगरले गरेका थिए ।

 

Image may contain: 8 people, people standing

मगरहरूको प्रचलित गीत, तथा नृत्य एवं मगर पञ्चेबाजा सहितको साँगितिक प्रस्तुतिले पाहुनागणमा भरपुर मनोरञ्जन गराउँदै भब्य र सभ्य रूपमा सम्पन्न भएको उक्त कार्यक्रमलाई स्थानीय कालकारहरूले साथ दिएको संघका उपाध्यक्ष समेत रहेका कार्यक्रम संयोजक टंक थापा मगरले जानकारी दिए ।

कलाकार, खेलाडी लगायत संस्थालाई निरन्तर सह्योग दिएका ब्याक्तित्वहरूलाई प्रमुख अतिथि, विशेष अतिथिको सह्योगमा सभापति राजु सिङजाली मगरले पवित्र खादा ओढाएर सम्मान पत्र प्रदान गरेको छ । राष्ट्रिय लोक तथा दोहोरीका गायिका निर्मला थापा मगरलाई संघको लोगो अंकित मायाँको चिनो सहित संघले सम्मान पत्र प्रदान गर्दै सम्मान गरेको हो ।

Image may contain: 6 people, people smiling, people sitting
प्रतिष्ठित गायिका निर्मला थापा मगर संघको निमन्त्रणालाई स्विकार्दै नेपाल बाट युएईमा पुगेकी हुन् ।