राष्ट्रिय जनमुक्ति पार्टी लुम्बिनी राज्य परिषद्को अध्यक्षमा धनी आले निर्वाचित !

Read Time:1 Minute, 2 Second

सनु थापा मगर


Image may contain: 1 person, sitting

बुटवल – राष्ट्रिय जनमुक्ति पार्टी लुम्बिनी राज्य परिषद्को अध्यक्षमा धनी आले निर्बाचित हुनुभएको छ ।

बिहिबार नवलपरासीमा सम्पन्न दोश्रो अधिवेशनले उहाँलाई अध्यक्षमा निर्बाचित गरेको हो । त्यस्तै उपाध्यक्षमा बाल किशोर राना, सचिव हरिओम विक, कोषाध्यक्षमा विष्णु पुन निर्बाचित हुनु भएको छ । सदस्यहरुमा तिल बहादुर झेडी (कपिलबस्तु), सिंह बहादुर थापा (नवलपरासी), राम बहादुर गुरुङ(नवलपरासी) रहनु भएको छ । पार्टीको विधान अनुसार रुपन्देही, कपिलबस्तु र नवलपरासी जिल्लाका अध्यक्षहरु, ११ वटा भातृ संगठनका अध्यक्षहरु पदेन सदस्य रहने व्यबस्था छ । बाँकी चार जना पछि कार्यसमितिले मनोनित गर्ने छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %