गोविन्द घर्ती
देवदह – भगवान गौतम बुद्धको मावली स्थल एवं प्राचिन कोलिय राज्यको राजधानी देवदहलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचत गराउन देवदह महोत्सवले महत्वपूर्ण भूमिका निभाउन सक्ने देवदहमा आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
उनीहरुले देवदहको महत्वलाई उजागर गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सक्ने हो भने समग्र देवदहको विकास हुनेमा जोड दिएका थिए । तेस्रो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोतसव मूल आयोजक समितिद्धारा आयोजित सर्वपक्षीय छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । कार्यक्रममा बोल्ने वक्ताहरुले देवदह क्षेत्रमा भईरहेको अपराधीक क्रियाकलाप घटाउन सवै एक भएर लाग्नु पर्नेमा जोड दिएका थिए । सोही अवसरमा बोल्दै देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेले महोत्सवलाई सफल बनाउन नगरपालिकाले सक्दो सहयोग गरीरहेको बताउनु भयो ।
त्यसैगरी ईलाका प्रहरी कार्यालय बुटवल डिएसपी मुकुण्द मरासिनीले महोत्सव अवधि भर पूर्ण सुरक्षा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाले देवदहमा भईरहेका अपराधिक क्रियाकलाप रोक्न स्थानीयवासी र प्रहरी प्रशासन हातेमालो गरेर अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो । मूल आयोजक समितिका संयोजक कोषबहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा धुव्र खरेल, हिराबहादुर खत्री, नमरजा पुरी, मिना श्रेष्ठ, सुनिल गिरी, मेघराज ढकाल, शिसिर, गुणाखर भुर्तेल, बमबहादुर गुरुङ्ग, गणेश अधिकारी, दुर्गा गौतम, ऋषि कडेल, मोतीलाल ढकाल, यमलाल लोहनी, विनोद खाती लगायतले बोल्दै महोत्सव सफल बनाउन सवै आ–आफनो ठाउबाट लाग्नु पर्नेमा जोड दिएका थिए ।
सल्लाहकार यम रानाको स्वागत र महासचिव माधव ढकालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
