ओमनमा तमु समाजले हात पार्यो भलिबलको प्रथम उपाधि !

कृष्ण सारू मगर


Image may contain: 18 people, basketball court and outdoor

ओमन – श्रमका लागि विभिन्न देशमा पुगेका नेपालीहरू अन्य देशको तुलनामा मध्ये पूर्वीय राष्ट्र ओमानमा संख्यात्मक न्यून पाईन्छ तै पनि विभिन्न नेपाली समुदायले मनाउने मौलिक राष्ट्रिय पर्वलाई लक्षित गरी खेलकुद तथा विविध कार्यक्रम गरि निरन्तरता दिई आफ्नो मातृभूमि र नेपाल राष्ट्र प्रति निकै गम्भीर छन् उनिहरू ।

मस्कटको घाला स्थित सी.सी.सी. कंपनीको खेल मैदानमा सम्पन्न अन्तर नेपाली खुल्ला भलिबल प्रतियोगितामा विभिन्न चौध टिमले भाग लिएका थिए । निक्कै प्रतिस्पर्धामा उत्रेका लु.लु. लाली गुराँस समुह “बी” लाई पछाडि पार्दै आयोजक मगर संघको समुह “ए” फाईनलमा प्रवेश गरेका थिए । ठकुरी स्पोर्ट क्लबलाई हराउँदै तमु समाजले सेमिफाइनलको जित पक्का गरेको हो ।

लु.लु. लाली गुराँस तृतीय हुन सफल भयो भने, आयोजक मगर संघले दोस्रोमै चित्त बुझाउनु पर्‍यो । आयोजक समुह “ए” र तमु समाज बीच प्रतिस्पर्धात्मक खेलको भिडन्तमा झिनो अंकले पछार्दै तमु समाजले प्रथम उपाधि हात पारेको हो । मिलन ठकुरीले उत्कृष्टको मेडल तथा प्रमाण-पत्र पाएका छन् । उनि ठकुरी स्पोर्ट क्लबका खेलाडी हुन ।

तृतीय लुलु लाली गुराँसले नेरू झण्डै दस हजार, द्धितिय मगर संघले साढे बाह्र हजार भन्दा माथी पाएका छन् । प्रथम हुने तमु समाजले नेरू सत्र हजार नगद प्राप्त गरेका छन् ।

खेलकुद संयोजक, चित्र थापा मगर, संघका अध्यक्ष, सुर्य थापा मगर र सल्लाहकार सेवन्त पुर्जा पुन मगरले बिजेता टिमलाई क्रमशः मेडल, कप तथा प्रमाण-पत्र प्रदान गरेका हुन् ।

मगर समुदायको प्रमुख चार्ड “माघ्या सकराटी” (सार ल्हेस) को शुभ अवसरमा आयोजित संघका अध्यक्षले उद्घाटन गरेका थिए । सल्लाहकार क्या. सेवन्त पुर्जा पुन मगरले सर्भिस गरी खेल संचालन गरेका हुन् । १३ जनवरी शुक्रबारका दिन नेपाल मगर संघ ओमानले अन्तर नेपाली पुरुष भलिबल प्रतियोगिता राखेका थिए ।


Image may contain: 3 people, outdoor

उक्त कार्यक्रमलाई आर्थिक, भौतिक, नैतिक पुर्‍याउने सह्योगदाताहरु सबैलाई विशेष धन्यवाद सहित आगामी दिनहरूमा पुन: सह्योगको अपेक्षा राख्दै संघले सम्मान पत्र प्रदान गरेको संघका संयोजक सुशील पुन मगरले बताए ।