एफएनजे बेलायत शाखा अध्यक्ष खपाङ्गी सम्मानित !

इन्दिरा चाम्लिंग    


Image may contain: 4 people

 ब्रसेल्स बेल्जियम, जनवरी १५ – नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष नरेश खपाङ्गीमगरलाई प्रवासमा रही नेपाली पत्रकारिता क्षेत्रमा बिशिष्ट योगदान दिएकोले नेपाल पत्रकार महासंघ युरोप शाखाले सम्मान गरेको छ ।

यसै हप्ता बेल्जियमको ओन्ज हाऊस लुभेनमा आयोजित कार्यक्रममा गैरआवासीय नेपाली महासंघ बेल्जियमका अध्यक्ष गंगाधर गौतम र महासंघ युरोप शाखाका अध्यक्ष केजिन राईले पत्रकार मगरलाई सम्मानपत्र हस्तान्तरण गरेका थिए ।

युरोप शाखाका अध्यक्ष राईको सभापतित्वमा भएको सो कार्यक्रममा बेल्जियममा रहेका नेपालीका तर्फबाट एनआरएन अध्यक्ष गौतमले मगरलाई स्वागत गरेका थिए । यस्तै, विश्व मगर संघ बेल्जियमका तर्फबाट अध्यक्ष मार्के मगरले पत्रकार खपांगीलाई मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रममा खपांगी मगरले बेलायतको नेपाली पत्रकारिताका बारेमा जानकारी दिएका थिए ।


Image may contain: 3 people, people standing

युरोप शाखाका वरिष्ठ उपाध्यक्ष ओम शर्माको संचालनमा भएको सो कार्यक्रममा एनआरएन आइसिसीका सदस्यद्वय जानकी गुरुङ र नेत्र मगर, नेपाली काँग्रेस महासमिति सदस्य सीता सापकोटा, एनआरएन बेल्जियम निबर्तमान महासचिब माधव सापकोटा, तामाङ समाज युरोपका संयोजक एबम आदिबासी जनजाति महासंघ बेल्जियमका ऊपाध्यक्ष बाबुराजा लामा तामाङ र तामांग समाज बेल्जियम अध्यक्ष राम लामा, शेर्पा किदुग बेल्जियम बरिष्ठ उपाध्यक्ष पीडी शेर्पा, ओष्ट्न्डे समाजका आङफुरी शेर्पा, विश्व मगर महासंघ अध्यक्ष मार्के मगर, संघीय समाज बेल्जियमका  महासचिव लोक राना, मिलन मगर, पत्रकार वीरमान घर्तीमगर र निलम घिमिरे सापकोटा लगायतको  कार्यक्रममा उपस्थिति रहेको थियो ।

कार्यक्रमको अन्त्यमा पत्रकारहरु र सहभागीहरुबीच अन्तर्क्रिया  सम्पन्न गरिएको थियो ।