देव पचभैया
पाल्पा, माघ ६-राष्ट्रिय जनमुक्ति पार्टीको २६अाैं स्थापना दिवसको अवसरमा जिल्ला समिति पाल्पाले बिभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाएको छ ।
जनमुक्ति पार्टी पाल्पाका संस्थापक उपाध्यक्ष भुपाल बुचाँको प्रमुख आतिथ्यतामा विहिवार तानसेनमा भएको कार्यक्रममा जनमुक्ति पार्टी पाल्पाका संस्थापकहरुलाई सम्मान गरिएको थियो ।
पार्टी स्थापना दिवसका अवसरमा भएको कार्यक्रममा केन्द्रीय सदस्य केहर सिं राना, संस्थापक जिल्ला उपाध्यक्ष भुपाल बहादुर बुचाँ, संस्थापक जिल्ला कोषाध्यक्ष हुम बहादुर थापा(पचभैया), संस्थापक संगठन सचिव गम बहादुर थापा, संस्थापक जिल्ला अध्यक्ष डिके सुर्यवसी, संस्थापक जिल्ला उपाध्यक्ष हरी कृष्ण दिसुवा (चिर्तुङधारा), पूर्व जिल्ला उपाध्यक्ष केश बहादुर राना (कसेनी), पूर्व जिल्ला उपाध्यक्ष नर बहादुर राना (कसेनी), जिल्ला सदस्य भुवन थापा (रुप्से), जिल्ला कोषाध्यक्ष अम्बर बहादुर थापा, जिल्ला सदस्य मिन बहादुर फाल, निवर्तमान जिल्ला अध्यक्ष खुम बहादुर सिंजाली, संस्थापक सचिव घनश्याम राना (बौधागुम्हा) संस्थापक अध्यक्ष होम बहादुर गाहा, चन्दादाता धन बहादुर बुढाथोकीलाई सम्मान गरेको जनमुक्ति पार्टी पाल्पाका अध्यक्ष नारायण बहादुर कुवरले जानकारी दिए ।
पार्टीै स्थापना दिवस कार्यक्रमका बिशेष अतिथि जनमुक्ति पार्टीका केन्द्रिय सदस्यहरु हुम बहादुर थापा र डिके सुर्यबंशीले २०४८ सालमा आफ्नो पार्टीले उठाएको चुनावी एजेण्डा समानुपातिक प्रतिनिधित्व, संघियता, धर्मनिरपेक्षता जस्ता मुद्धाहरुले स्थान पाएको जानकारी दिए ।
सम्मान पछि बोल्दै जनमुक्ति पार्टी पाल्पाका संस्थापकहरु गम बहादुर थापा र केयरसिंग रानाले पार्टीको अस्तित्व बचाउन आफुहरु निकै खटिएको भन्दै पार्टीलाई हाक्ने केन्द्रिय नेताहरुको समस्याले आसातित अनुसार जनमुक्ति पार्टीको बिकास नभएको गुनासो गरे । जनमुक्ति पार्टीको स्थापना दिवसको अवसरमा पार्टीका कानुनी सल्लाहकार दोलख बहादुर रास्कोटी, पूर्व अध्यक्ष खुम बहादुर सारु, कुसुमखोला गाविसका सचिव दुर्गा ढकाल, डम बहादुर राना लगाएतले बोलेका थिए ।
जनमुक्ति पार्टी पाल्पाका अध्यक्ष नारयण बहादुर कुवरको अध्यक्षतामा भएको पार्टीको २६औँ स्थापना दिवसको कार्यक्रम सचिव विष्णु माया थापाको संचालन र जिल्ला उपाधयक्ष मदनसिगं रानाको स्वागतमा सम्पन्न भएको थियो ।
Click here:जनमुक्ति पार्टी पाल्पाले २६ औं स्थापना दिवस मनाएको फोटो झलक !
