राज्यसत्ता,

काठमाण्डौ, पुस २९- राष्ट्रीय जनमुक्ति पार्टी र दलित जनजाति पार्टी बिच चाँडै एकता हुने भएकोछ ।
राष्ट्रीय जनमुक्ति पार्टीका सहअध्यक्ष तथा अन्तर पार्टी संबादका संयोजक मानध्वज ब्लोन तामांग र दलित जनजाति पार्टीका अध्यक्ष तथा सांसद यशोदा लामा, सोही पार्टीका उपाध्यक्ष, बरिष्ट पत्रकार तथा राजनैतिक बिष्लेशक अमर दिप मोक्तान र बुद्धि तामांग बैठकमा सहभागी थिए ।
दलित जनजाति पार्टीका अध्यक्ष तथा सांसद यशोदा लामाको निवास सुखेधारामा बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठक सौहार्द पूर्ण रहेको सहभागी एक नेताले जानकारी दिए ।
यि दुई पार्टी बिच पटक पटक बैठक बसिसकेको छ । यो बैठक अन्तिम भने होईन, एकता बैठक जारी छ ।
राष्ट्रीय जनमुक्ति पार्टीले बोकेको बिचार यो देशको माटोलाई सुहाउदो भएको, यो पार्टीको बिचारले देश संघीयतामा प्रबेस गरि सकेको, धर्मनिरपेक्ष राष्ट्र बनिसकेको, सबै जात जातिलाई समान अवसर प्रदान गर्न सक्ने यो पार्टीको बिचार रहेकोले हामी एकता हुन हतारिएका हौ, सहभागी एक नेताले बताए ।
