दिपक क्षेत्री
इजरायल, जनवारी ७ – केयरगिभरको बारेमा सम्पूर्ण जानकारी दिने isavta.co.il का अनुसार, Kav Laoved ले आज प्रकाशित गरेको सूचनाद्वारा इजरायलमा कार्यरत सम्पूर्ण केयरगिभरको तलब तथा सुविधामा केही मात्रामा वृद्धि भएको जानकारी गराएको छ । न्युनतम तलबमान सम्बन्धी यो नियम यही जनवरी एक देखि लागु भएको हो । प्राप्त सूचना यस प्रकार रहेको छ ।
नयाँ नियम अनुसार प्रत्येक केयरगिभरको मासिक तलव ( बिना कटौती ) ५००० सेकेल हुनेछ । तदनुसार दैनिक २०० NIS अनि प्रत्येक घण्टाको २६.८८ सेकेल पाइनेछ । औसतमा न्युनतम (कटौती पछि) ४१३० सेकेल हुनेछ, जसमा साप्ताहिक भत्ता ( Weekly Alloawnce)पनि जोडिएको छ ।
कटौती भन्नाले मुख्य सेलरीबाट काटिने (खाना बापत ५०० NIS,आवासको १२० – २२० NIS, मेडिकल इन्सुरेन्स १२४.७० NIS र विविध ७८ NIS) लाई बुझिन्छ ।
बार्षिक बिदा \ एनुअल भ्याकेसनको प्रतिदिन २०० NIS को हिसाबले पाइनेछ । साप्ताहिक बिदा / विक्ली डे अफको ३४० पाउने सूचना छ । पिचिम या पेन्सन फन्ड ०.२५% देखि १२.५%सम्म बढाइएको छ ।
र अन्तमा बार्षिक बिदामा एक दिन अरु थप गरिएको छ ! (पहिलो चार वर्षको बार्षिक पेड भ्याकेसन १४ दिनको हुनेछ) । लाइट नेपाल डटकम